7 years ago
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले इन्डोनोसियामा अर्को महिना हुने १८ औं एसियाली खेलकुदमा नेपाली खेलाडीको नेतृत्व गर्ने भएका छन् ।
१० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमलले भदौ २ गते हुने एसियाडको उद्घाटन मार्च पासमा नेपालको झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।
‘सागको स्वर्ण पदक विजेता, ओलम्पियन र सिनियर खेलाडीलाई भएकाले कमललाई झन्डा बोक्नेछन्,’ अध्यक्ष श्रेष्ठले भने,‘ औपचारिक निर्णय हामी केहि दिनमा गर्नेछौं । अहिले सम्मको परम्परा सिनियर खेलाडीले नै बोक्ने रहँदै आएको छ ।
सागमा नेपालका लागि सबैभन्दा बढी पदक जित्ने भारोत्तलन खेल हो । जसमा स्वर्ण पदक जित्ने कमल एक्लो नेपाली खेलाडी हुन् । उनले सन् २००८ को बेजिङ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]