7 years ago
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक (सन् २०२०) आयोजक राष्ट्र जापानले ओलम्पिक अघिसम्म नेपाली खेलाडीहरुलाई सहयोग गर्ने भएको छ । ओलम्पिक अघिसम्म नेपाली खेलाडीलाई सहयोग गर्ने सम्बन्धमा शुक्रबार नेपाल ओलम्पिक कमिटिले ओलम्पिक आयोजक राष्ट्र जापानको फुकुसीमामा अवस्थित तामुरा सिटी र एथलेट सोसाइटीसँग सम्झौता गरेको छ ।
सम्झौतामा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र एथलेट सोसाइटीका महासचिव डा. ओकी सोकोले हस्ताक्षर गरे । सम्झौताअनुसार तामुरा सिटी र एथलेट सोसाइटीले ओलम्पिकलाई छानिने सम्भावना भएको खेल र खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउनेछ । प्रशिक्षण नेपाल वा जापान हुन सक्ने एनओसी अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
‘आज ओलम्पिक कमिटिले तामुरा सिटी र एथलेट सोसाइटीसँग सम्झौता गरेको छ । यो सम्झौता टोकियो ओलम्पिक २०२० सम्म रहनेछ । तामुरा सिटीले आर्थिक पाटो हेर्नेछ । एथलेटले टेक्निकल भागमा सहयोग गर्ने सम्झौता भएको छ ’ ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा भने, ‘हामीले पोटेन्सियल खेल भएका खेलाडीलाई पठाउनेछौ । उनीहरुले विशेष गरी म्याराथनलाई बढी प्राथमिकतामा राखेको छ । अन्य सम्भावित खेलहरु पनि हुनेछ ।’
अध्यक्ष श्रेष्ठले टोकियो ओलम्पिकका लागि नेपालले वाइल्ड कार्डबाट मात्रै नभएर छनोट चरण पार गरेरै खेल्नको लागि तयारी भैरहेको समेत बताएका छन् । सम्झौता अनुसार शनिबारबाटै तामुरा सिटी र एथलेट सिटीले म्याराथनको प्रशिक्षण शुरुवात गर्नेछ । जसलाई बेइजिङ ओलम्पिक सन् २००८ का ओलम्पियन युरिका नाकामुराले एनओसी भवन र लगनखेलस्थित आर्मीको मैदानमा प्रशिक्षण दिनेछन् ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]