7 years ago
August 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको संयोजनमा राजधानीमा फ्रेन्चाइज बेसमा पहिलोपटक आधी आवाधी महिला लिग (एभिएल) भलिबल हुने भएको छ ।
संघले राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगमी असोज १५ गतेबाट २० गतेसम्म त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा एभिएल लिग हुने घोषणा गरेको हो ।
जसका लागि संघले भारतको नयाँ दिल्लीमा रहेको आधी आवाधी फाउन्डेसनसँग १० वर्ष लामो सम्झौता गरेको छ । सम्झौतामा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा र आधी आवाधीका सिइओ दीनेशकुमार सिंहले हस्ताक्षर गरे । सम्झौता अनुसार आधी आवाधीले संघलाई हरेक वर्ष १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
प्रतियोगितामा तीन विभागीय टिमसहित ६ टोलीको सहभागिता रहने संघका महासचिव जितेन्द्र बहादर चन्दले पत्रकार सम्मेलनमा जानकारी गराए । उनका अनुसार लिगमा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, काठमाडौं क्वीन्स, चितवन टाइग्रेस र पोखरा पिन्केज रहेका छन् ।
महासचिव चन्दले पहिलो संस्करण सफल भए दोस्रो संस्करणमा टिम थपिदै जाने बताए । ‘हामीले प्रदेशस्तरबाट टिम बनाउन खोजेका थियौं । तर, खेलाडी पर्याप्त नहुने देखिएपछि अहिलेलाई विभाग बाहेक तीन टोलीलाई सहभागी गराउने निर्णय गर्र्यौ ,’ महासचिव चन्दले भने, ‘विभिन्न प्रदेशबाट शुक्लफाटा, मधेशी च्यालेन्ज र कर्णाली एक्सप्रेस जस्ता टिमहरुको नाम आएको थियो । तर, हामीले उनीहरुलाई समेट्न सकेनौ अर्कोपटक टिमको सङ्ख्या थपिदै जानेछ ।’
सहभागी टिमले ४ विदेशी खेलाडी अनुवन्ध गर्न पाउने र एक पटकमा तीन खेलाडी मात्रै उतार्न पाउनेछ । विभागिय टिमबाहेक अन्य तीन टिमहरुको लागि खेलाडी एवम् प्रशिक्षकको लागि लगानी गर्ने टिम मालिकको समेत खोजी गरी बलियो टिम बनाउनेछन् ।
विभागीय टोलीले पनि विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । लगानी पनि विभागीय टिमले नै गर्नुपर्ने संघले जनाएको छ ।
लिगको विजेताले ६ लाख रुपैया प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३ लाख तथा तेस्रो हुने टिमले १ लाख ७५ हजार प्राप्त गर्ने संघले जनाएको छ । यस्तै लिगको सर्वोत्कृष्ट खेलाडीले टिभिएस स्कुटीको साथै नगद ५० हजार प्राप्त गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]