7 years ago
August 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दुई सातापछि इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयार गर्न नेपाली ट्रायथलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ ।
अगष्ट ३१ देखि सेप्टेम्बर २ तारिखमा पालेम्वाङमा हुने ट्रायथलनमा नेपालले मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछ । नेपालको खेल भने सेप्टेम्बर २ तारिखमा छ । ३ सय मिटर पौडी, ६।३ किलोमिटर साइक्लिङ र २।१ किलोमिटर दौडमा प्रतिस्पर्धा हुनेछ ।
नेपाली टोली अगष्ट २९ का दिन सीधै पालेम्वाङ जाने छ । खेलाडी टोलीमा बसन्त थारु, दीपेश चौधरी, रोजा केसी र सोनी गुरुङ रहेका छन् । प्रशिक्षकमा पुष्परत्न वज्राचार्य छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]