default_image

7 years ago

August 1, 2018

नेपालले एसिया रग्वी सेभेन्स खेल्ने

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी टिमले एसिया रग्वी सेभेन्स् ट्रफीमा प्रतिस्पर्धा गर्ने भएको छ । सिंगपुरमा यही अगस्ट ४ र ५ तारिखमा हुने एसिया रग्वी सेभेन्स् ट्रफीका लागि नेपाली टोली बिहिबार प्रतियोगिता स्थल सिंगापुर प्रस्थान गर्ने नेपाल रग्वी संघका अध्यक्ष टंकला घिसिङले जानकारी गराए ।

१२ खेलाडी सहित १५ सदस्यीय टोलीलाई बुधबारै संघले एक कार्यक्रम गर्दै बिदाई गरिएको छ । टिमलाई बिदाई गर्दै संघका अध्यक्ष घिसिङले नेपालमा रग्जवी टिम छ । खेल्न जान्छ र आउछ भन्ने मात्रै नपारी यसपटक उपलब्धि हात पारेर आउने बताए । टिमका प्रशिक्षक राधिका हेटियाच्चीले एसिया रग्वी सेभेन्सका लागि तयार रहको बताउदै यसपटक टिमले केही गर्न सक्ने बताए ।

यस्तै टिमका कप्तान विराट श्रेष्ठले वैदेशिक प्रशिक्षकबाट धेरै कुरा सिक्ने मौका पाएको र युवा खेलाडीहरुबाट आफुले आशा गरिएको बताए । टोलीमा विराट श्रेष्ठ, कृष्णप्रसाद धमला, श्रीराम श्रेष्ठ, विराट ऐडी, हुतराज प्रधान, प्रेम बहादुर कोइराला, बिक्रम पुरी, जनक वाइवा, झुकेन राई, सन्जय अधिकारी, सिकिन्दर अधिकारी र कृष्ण क्षेत्री रहेका छन् ।

प्रशिक्षकमा श्रीलंकालाी राष्ट्रिय टिमका पुर्व कप्तान राधिका हेटियाच्ची रहेका छन् । टिम व्यवस्थापकमा इन्द्र बहादुर तामाङ र फिजियोमा लक्ष्मण अधिकारी रहेका छन् । १३ राष्ट्र सहभागी एसिया रग्वी सेभेन्समा नेपाल पोल ‘बी’ मा रहेको छ । नेपाल रहेको पोलमा युएईं, जोर्डन र इन्डोनेसिया रहेका छन् ।

नेपालले युएइसँग पहिलो खेल खेल्नेछ । त्यसपछि जोर्डन र इन्डोनेसियासाग सोही दिन खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । अंकका आधारमा दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छ । शीर्ष चार टोलीले ट्रफीको लागि प्रतिस्पर्धा गर्दा अर्काे चार टोलीले प्लेट च्याम्पियनसिपको लागि प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.