default_image

7 years ago

August 1, 2018

एसियाड भारोत्तोलन टोली प्रशिक्षणका लागि थाइल्यान्डतर्फ

140 views

0 Bookmark

 काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ । एसियाडअन्तर्गतग भारोत्तोलनतर्फ पुरुषमा ८ र महिलामा ७ गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

नेपालले भने पुरुष/महिलमा समान २–२ गरी ४ स्पर्धामा सहभागिता जनाउने छ । पुरुषमा कमलबहादुर अधिकारीले ६९ केजी तथा विकास थापाले ७७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । कमल १० औं सागका स्वर्णधारी तथा विकास १२ औं सागका रजत विजेता हुन् ।

महिलाको ५३ केजीमा सन्जु चौधरी तथा ७५ केजीमा १२ औं सागकी कांस्य विजेता तारादेवी पुनले भाग लिनेछन् । चारै खेलाडी आ–आफ्नो स्पर्धाका राष्ट्रिय कीर्तिमानधारी हुन् । प्रशिक्षकमा दिनेश भुजेल रहेका छन् ।

टोली थाइल्यान्डमा चोनबुरी स्पोर्ट्स स्कुलमा अगष्ट १७ तारिखसम्म प्रशिक्षणरत रहनेछ । अगष्ट १८ मा टोली इन्डोनेसिया जाने कार्यक्रम छ । एसियाडअन्तर्गत भारोत्तोलन अगष्ट २० देखि २७ तारिखसम्म चल्ने छ ।

७३ दिनको विशेष बन्द प्रशिक्षणपछि भारोत्तोलन टोली शनिबार नेपालगन्जबाट काठमाडौं आइपुगेको हो । १९८२ मा भारतमा भएको एसियाली खेलकुदमा नेपालले पहिलोपटक भारोत्तोलनमा सहभागिता जनाएको थियो ।

त्यसएता एक पटक १९९४ मा जापानको हिरोसीमामा भएको एसियाडमा मात्र नेपालले भारोत्तोलनमा सहभागिता जनाएको छैन । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बुधबारै बिदाइ गरे ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.