default_image

7 years ago

July 30, 2018

युएईमा खुल्ला पुरुष भलिबल हुने

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेवाः पुचः युएईले आफ्नो स्थापनाकालको अबसर पारेर खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले आफ्नो स्थापनाकालको अवसर पारेर पहिलोपटक ऐतिहासिक भलिबल प्रतियोगिताको आयोजना गर्न लािएको नेपाल पत्रकार महासंघ, युएईका अध्यक्ष भूपराज बस्यालले जानकारी गराए ।

बकर इदको दिन २०१८ अगस्त २३ मा आयोजना हुने प्रतियोगितामा १८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ३ हजार ५ सय दिराम र दोस्रो हुनेले २ हजार ५ सय दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नेपाली चुल्हो प्रमुख प्रायोजक रहेको यस कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । खेलहरु दुबईस्थित जेवेल अलि नुजाल भलिबल कोर्टमा हुनेछ ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.