default_image

7 years ago

July 30, 2018

उसु टोली मकाउ जाने

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम विश्व विश्वविद्यालय उसु च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ जाने भएको छ । मकाउ पोलिटेक्निक इन्स्टिच्यूट मल्टी स्पोट्र्स पेभिलियनमा अगष्ट २ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्ने बताइएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्न लागेका अशोक बुढा मगरले पुरुष नान् छ्वान र नान् गुनमा भाग लिने छन् । महिलामा १२ औं दक्षिण एसियाली खेलकुद(साग) की रजत पदक विजेता सविता राईले ताइची छ्वान र ताइची छेन तथा ओसिन राईले जेन सु र चेन सुमा आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।

ओसिनसंग पनि इन्चोन एसियाड खेलेको अनुभव छ । ओसिन र सविता आ–आफ्नो स्पर्धाका लगातार पाँचपटकका राष्ट्रिय च्याम्पियन हुन् । विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशीको नेतृत्वमा जान लागेको टोलीको प्रशिक्षकमा राजिव महर्जन तथा अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखापाल कुमार बस्नेत र विश्वविद्यालय खेलकुद संघका सदस्य महेन्द्र तामाङ रहेका छन् ।

अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ र मकाउ विश्वविद्यालय खेलकुद संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्णसिहं बोहराले जनाएका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख बासुदेव आचार्य र कानुन शाखाका प्रमुख नारायणराज अर्यालले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.