7 years ago
July 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी र नेपाल टेलिभिजनका राजु सिलावलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट सम्मान गरेको छ ।
राजधानीमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले बीबीसी नेपाली सेवाका पत्रकार राजवंशी र नेपाल टेलिभिजनका पत्रकार सिलवाललाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पत्रकारिता मार्फत नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको बताइएको छ ।
एसियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष राजवंशी २ दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय छन् । उनले समाचार पत्र दैनिकबाट खेलकुद पत्रकार सुरु गरेका थिए । सिलवाल २०४२ सालदेखि नेपाल टेलिभिजनमा कार्यरत छन् । उनी हाल एनटिभी प्लसका प्रमुख हुन् ।
उनीहरुलाई रक्षामन्त्री इश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, सचिव मोहन सापकोटा र राखेप सदस्य सचिव केशवकुमार विष्टले संयुक्त रुपमा सम्मान गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]