default_image

7 years ago

July 29, 2018

अब ओलम्पियनले आजीवन मासिक भत्ता पाउने

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका खेलाडीले आजीवन भत्ता पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियनलाई आजीवन भत्ता उपलब्ध गराउने जनाउँदै साउनको भत्ता आइतबार वितरण गरेको छ । ८० ओलम्पियनलाई जनही मासिक ३ हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ को टोकियोमा भएको ओलम्पिकमा पहिलो पटक भाग लिएको थियो ।

सागका स्वर्ण पदक र एसियालीका पदक विजेतालाई नगद

पहिलो दक्षिण एसियाली खेलकुद (साग) देखि १२ औं सागका स्वर्ण विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरियो । हाल सम्मका स्वर्ण पदक विजेता ९४ खेलाडी मासिक ५ हजारका दरले कुल ४० लाख रुपैयाँ वितरण गरेको जनाएको छ । २०७४ मंसिरदेखि २०७५ असारसम्म जम्मा ८ महिनाको मासिक ५ हजारका दरले दिनु पर्ने पुरस्कार वितरण गरिएको हो ।

त्यस्तै एसियाली खेलकुदका पदक विजेतालाई पनि २०७४ मंसिर देखि २०७५ असारसम्म ८ महिनाको एक पदकका लागि ५ हजारका दरले रकम प्रदान गरिएको थियो । ८ जनालाई जम्मा ४ लाख ४० हजार रुपैयाँ वितरण गरिएको राखेपले जनाएको छ ।

अन्तर्राष्ट्रिय पदक विजेता पुरस्कृत 
आर्थिक वर्ष २०७४/७५ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता पुरस्कृत भए । ४ सय १२ खेलाडीलाई जम्मा १९ लाख २५ हजार नगद प्रदान गरियो ।

राखेप च्याम्पियनसिपका उत्कृष्ट खेलाडी पुरस्कृत 
राखेपको आयोजनामा भएको राखेप च्याम्पियनसिपका विभिन्न खेलका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पुरस्कृत भए । गत माघको पहिलो साता सम्पन्न भएको एक महिने प्रतियोगितामा विभिन्न ३० खेल समावेश थिए । ३० खेलकै उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही १५ हजार नगद पाए । तेक्वान्दोको हकममा भने ग्योरोगी र पुम्सेमा छुट्टै उत्कृष्ट पुरुष/महिला खेलाडी चयन गरिएकोले चारैलाई जनही ७ हजार ५ सय नगद पुरस्कार दिइयो ।

श्रष्टा सम्मानित 
प्रदेश ५ मा मंसिरमा हुने आठौं राष्ट्रिय खेलकुदका लोगो र मस्कट डिजाइनर तथा गीत र नाराका रचनाकारलाई पनि सम्मान गरिएको छ । लोगो र मस्कट सन्तोष विष्टले डिजाइन गरेका थिए । विष्टलाई लोगोका लागि ४५ हजार र मस्कटका लागि ३५ हजार नगद पुरस्कारसहित सम्मान गरियो । त्यस्तै गीत रचनाकार नारायण खतिवडालाई २५ हजार र नारा रचानाकार राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई ५ हजार नगदबाट प्रदानगरे । सदस्य–सचिव विष्टले भने आफ्नो पुरस्कार रकम राखेपकै खातामा जम्मा गरिदिएका छन् । सोही अवसरमा संगीतकार बसन्त सापकोटालाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

खेलकुद मन्त्रालयद्वारा पदक विजेता र पत्रकार सम्मानित
सोही कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले ५ पदक विजेता खेलाडीसहित २ खेल पत्रकारलाई सम्मान गरेको छ । खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ बमोजिम आ.व. २०७४/७५ मा भएका अन्तर्राष्ट्रिय च्याम्पियनसिपका पदक विजेता ५ खेलाडीलाई नगदसहित सम्मान गरिएको हो ।

कम्बोडियामा भएको विश्व खुन खेमर च्याम्पियनसिपका स्वर्ण विजेता अनिशा खड्का र राहुल थोकर लामालाई जनही १ लाख नगदसहित सम्मान पत्रद्वारा सम्मान गरियो । मंगोलियामा भएको नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपकी रजत विजेता ननिता महर्जन ६५ हजार तथा सोही प्रतियोगिताका कांस्य विजेता रुजेश शाही ३५ हजार नगदसहित सम्मानित भए । त्यस्तै दक्षिण कोरियामा भएको ५१ औं एसियाली पुरुष भारोत्तोलनका कांस्य विजेता कमल भण्डारीलाई पनि ३५ हजार नगदसहित सम्मान गरियो ।

सम्मानित हुने पत्रकारमा नेपाल टेलिभिजनका राजु सिलवाल र बीबीसीका निरञ्जन राजवंशी रहेका छन् । दुवैलाई जनही ५० हजारसहित सम्मान पत्र प्रदान गरियो ।उनीहरुलाई उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले सम्मान गरे ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.