7 years ago
July 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चिनिया कम्पनी एजिलिटी हेल्थ एन्ड वेलनेस ग्रुपले आसन्न एसियाडमा सहभागिता जनाउने नेपाली टिमलाई स्पोर्टस् किट प्रदान गरेको छ । शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा आयोजित कार्यक्रममा चिनिया कम्पनी एजिलिटी हेल्थ एन्ड वेलनेस ग्रुपका सिइओ अलफोर्ड चाङले स्पोर्टस् किट नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरे ।
एजिलिटीले करिव ८० लाख बराबरको चार सय थान स्पोर्टस् किट हस्तान्तरण गरेको हो । जसमा ट्याकसुट १ जोर, जुत्ता १ जोर, टिसर्ट २ जोर, मोजा १ जोर कट्टु १ जोर, ब्याग १ जोर र १ क्याप रहेका छन् । एसियन गेम्समा सहभागी खेलाडीहरुले अब एजिलिटीले प्रदान गरेको ओलम्पिक र एजिलिटीको लोगो अंकित ड्रेस लगाउने छ । जसअनुसार नेपालले सहभागिता जनाएका विभिन्न २९ खेलका खेलाडीहरुको ड्रेसमा एकरुपता हुनेछ ।
स्पोर्टस् किट ग्रहण गर्दै ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले खेलाडीहरुले उच्च मनोवलका साथ प्रशिक्षण गरिरहेको र राम्रो नतिजा आउनेमा आफु विस्वस्त रहेको बताए । उनले नेपाली खेलकुद विकासमा चिनिया सरकारको पनि योगदान रहेको बताए । अध्यक्ष श्रेष्ठले गत अप्रिल १८ मा ओलम्पिक कमिटि र एजिलिटीबीच स्पोर्टस् किटको विषयमा सम्झौता भएअनुसार प्रक्रिया अघि बढेको बताए ।
एजिलिटीका अलफोर्ड चाङले नेपाल ओलम्पिक कमिटि र नेपाली खेलसँग जोडिन पाउनु कम्पनी र व्यक्तिगत रुपमा खुशीको विषय रहेको बताए । उनले आसन्न एसियाडमा राम्रो नतिजाको अपेक्षा गरिएको समेत बताए । इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा अगस्ट १८ देखि ३ सेप्टेम्बर सम्म हुने एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाएको छ । जसमा १ सय ८५ जना खेलाडी रहनेछन् ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]