7 years ago
July 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद (एसियाड) मा नेपालले स्क्वासमा पनि भाग लिने भएको छ । अब नेपालले एसियाडमा भाग लिने खेल संख्या २९ पुगेको छ ।
यसअघि नेपालले प्राविधिक कारण देखाउँदै एसियाड भाग नलिने बताएको थियो । तर, पुनः स्क्वासलाई समावेश गरिएको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले जनााएको छ । स्क्वासमा चार पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।
खेलाडीमा अमृत थापामगर, ज्ञानु चौधरी, राजेन्द्र शाक्य र अरहन्त केशर सिंह रहेका छन् । प्रशिक्षकमा हिरा थापा छन् । उनीहरुले पुरुष एकल र पुरुष डबल्समा प्रतिस्पर्धा गर्नेछन् । एनओसीका अनुसार पहिला नेपालले पनि भाग लिने खेलको सुचिमा स्क्वास राखेकोले अहिले थप्न सहज भएको बताएको छ ।
नेपालले भाग एसियाडमा भाग लिने खेलमा तेक्वान्दो, बक्सिङ, कराते, फुटबल, जुडो, फेन्सिङ, उसु, आर्चरी, सुटिङ, एथलेटिक्स, सेपाकताक्रो, क्लाइम्बिङ स्पोर्टस, फेन्सिङ, गल्फ छन् ।
त्यस्तै अन्य खेलमा कुराँस, बास्केटबल, पौडी, साइक्लिङ, ब्याड मिके पाकल, पेनकेक सिलात, स्केट बोर्ड, टेबल टेनिस, ब्याडमिन्टन, प्याराग्लाइडिङ, कबड्डी, भलिबल, भारोत्तोलन र कुस्ती रहेका छन् । इन्डोनेसियामा भदौ २ गतेबाट १८ औं एसियाड सुरु हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]