default_image

7 years ago

July 26, 2018

ब्राइट फ्युचरलाई अन्तर स्कुल फुटसलको उपाधि

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ब्राइट फ्युचर माध्यमिक विद्यालयले पहिलो सस्करणको अन्तर स्कुल गोल्डेनगेट फुटसल मेला (च्याम्पियनसिप) को उपाधि जितेको छ । च्यासलस्थित नेशनल स्पोर्टस् सेन्टरमा बिहिबार भएको फाइनलमा साहारा बोर्डिङ स्कुललाई ३–२ ले पराजित गर्दै ब्राइट फ्युचरले उपाधि जितेको हो । ब्राइट फ्युचरका समर्पण आलेमगरले २ गोल गरे । यस्तै दिवस खड्काले एक गोल थपे । साहाराका अनिश केसी र सुन्दर मगरले समान १ गोल गरे ।

कखरा प्रालिको ब्यबस्थापनमा खेलपाटी डटकमले आयोजना गरेको च्याम्पियनसिपको उपाधिसंगै ब्राइट फ्युचरले २० हजार प्राप्त गरेको छ । उपविजेता बनेको साहाराले १० हजार प्राप्त गर्यो । तेस्रो भएको महालक्ष्मी स्कुलले ५ हजार प्राप्त गरेको छ ।

व्यक्तिगत विधातर्फ महालक्ष्मीका विनोद स्याङतान उत्कृष्ट फरवार्ड, सराहाका सन्देश मल्ल उत्कृष्ट मिडफिल्डर, ब्राइट फ्युचरका दिवस खड्का उत्कृष्ट डिफेन्डर, ब्राइट फ्युचरकै पवन चौहान उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकमा साहाराका राजिब लामा चुनिए । दिव्य ज्ञानका दिपेन्द्र लामा सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर ७ गोल गरे ।

विजेता खेलाडीहरुलाई गोल्डेनगेट कलेजका प्रमुख कार्यकाी अधिकृत ९सिइओ रमेश सिलवाल, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य, मंचका महासचिव प्रकाश तिमल्सिना, मंचका कार्यसमिति सदस्य सरिता श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्य, क्यापिटल मिडिया ग्रुपका प्रबन्ध निर्देशक सुशील राउत, कखरा प्रालिका सीईओ हिम बिक्रम केसी, नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य बिक्रम लामा, भोलेन्टियर फाउन्डेसन नेपालका अध्यक्ष ललित शाही र क्यापिटल एफएमका म्यानेजर बसन्त शर्माले पुरस्कृत गरे । च्याम्पियनसिप नकआउट आधारमा भएको च्याम्पियनसिपमा २६ टोलीको सहभागिता रहेको थियो ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.