default_image

9 years ago

February 12, 2016

राजवंशी एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित

128 views

0 Bookmark

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष निरञ्जन राजवंशी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ (एआइपिएस) एसियाको कोषाध्यक्षमा निर्वारोध निर्वाचित भएका छन् ।

Nirajnaj

बहराइनमा शुक्रबार भएको निर्वाचनबाट राजवंशी कोषाध्यक्षसहित सबै पदाधिकारी निर्वारोध चुनिएका बहराइनबाट मञ्चका अध्यक्ष अजय फुयालले जानकारी दिएका छन् ।

सदस्यमा भने निर्वाचन भएको थियो । राजवंशी यसअघि सदस्य थिए । मञ्चको तीन कार्याकाल अध्यक्ष रहेका राजवंशी बिबिसी नेपाली सेवामा आबद्ध छन् ।

उनी झन्डै दुई दशक देखि खेलकुद पत्रकारितामा संलग्न छन् । राजवंशीसँगै एआइपिएस एसियाको कंग्रेसमा मञ्चकातर्फबाट अध्यक्ष फुयाल र सदस्य निरञ्जन अधिकारीले पनि भाग लिएका थिए । एआइपिएस एसियामा नेपालसहित ३३ राष्ट्र सदस्य छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.