7 years ago
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– ग्रासरुट फुटसल एकेडेमी (जिएफए) को टोलीले मैत्रीपूर्ण खेल र अभ्यासका लागि भुटान यात्रा गर्ने भएको छ । जिएफएको टोलीले भुटानको यू १५ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । टोलीले त्यहाँ केहि दिनको अभ्यास गर्ने भएको छ ।
प्रशिक्षक हरि तामाङको नृतत्वमा रहेको २६ सदस्यीय टोलीका खेलाडीमा श्रीभन्स मानन्धर, सौगात श्रेष्ठ, संगीत पराजुली, सायोन उपाध्याय, समृद्ध उप्रती, जतिन बराल, अभिनाव शर्मा, क्रिस्टन महर्जन, प्राज्योसन श्रेष्ठ, क्रिटिस्व आर्याल, सार्थक दाहाल, एरिस्टोटल राज महर्जन, अश्रुत कोइराला छन् ।
त्यस्तै सूर्य श्रेष्ठ, अर्साभ श्रेष्ठ, रिभु प्रधानाङ, संस्कार नायार भारी, सुशन रोका, स्वप्निल पाण्डे, आरोग्यजंग थापा, दीपेश मैनाली, सुजलबज्र बज्राचार्य, सुशील लावती, रिभास सेन, शुमान्स गौतम र पाथुङ हाङ नेम्बाङ टोलकिा खेलाडी हुन् ।
जिएसएमा अभ्यास गर्ने खेलाडी प्रिमियर इन्टरनेसनल आइबी वल्र्ड स्कुल, रातो बंगला, मिल्स बेरी, बागमती बोर्डिङ र विद्या संस्करामा अध्ययनरत छन् । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान जिएफएका निर्देशक राजु श्रेष्ठ र कर्मा छिरिङ लामाले टोलीलाई विदाई गरेका थिए ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।