7 years ago
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– ह्याम्स हस्पिटलले विभिन्न खेलका सात खेलाडीलाई शनिबार सम्मानित गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई उचो राख्ने काम गरेका विभिन्न खेलका सात खेलाडीलाई हस्पिटलले उपहारसहित सम्मानित गरेको हो । मण्डिखाटारस्थित हस्पिटलको नवनिर्मित भवनमा एक कार्यक्रमको आयोजना गर्दै हस्पिटलका अध्यक्ष रामशरण भण्डारी, वरिष्ट मुटुरोग विषेशज्ञ डा. भगवान कोइराला, डा. भाष्कर राज पन्त लगायतले सम्मान गरेका थिए ।
सम्मानित हुने खेलाडीमा एसियाली शारीरिक सुगठनका स्वर्ण विजेता महेश्वर महर्जन, दक्षिण एसियाली उसुका स्वर्ण विजेता राजकुमार रसाइली, भलिबल खेलाडी कमला पुन, साम्बो खेलाडी कृष्णलाल तामाङ, मिक्स मार्सल आर्ट्सका सन्तोष साउद, बक्सिङका म्याक्स बस्नेत र स्क्वासकी भावना सुनुवार पनि सम्मानित भएकी हुन् ।
खेलकुद चिकित्सा र खेलका दौरान खेलाडीले ब्यहोर्न सक्ने सम्भावित इन्जुरीमा विषेश ध्यान राख्ने उद्देश्यले अत्याधुनिक चिकित्सा प्रविधिका साथ ह्याम्स हस्पिटल स्थापना भएको वरिष्ठ चिकित्सक प्रोफेसर डाक्टर भगवान कोइरालाले बताए ।
कार्यक्रममा हस्पिटलका चिकित्सकहरुले खेलाडीले ब्यहोर्न सक्ने सम्भावित इन्जुरी कसरी रोकथाम गर्ने, इन्जुरी भएको अवस्थामा पनि त्यसको उपचार पद्धती र प्राथमिक उपचारको विषयमा धारणा राखेका थिए । हस्पिटलले खेलकुद स्वास्थमा खेलाडीलाई विषेश प्राथमिकता दिने बताए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]