7 years ago
July 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको ‘उदास थियो यो मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो निम्बसको सहकार्यमा तयार भएको बताइएको छ ।
सन्दीपले क्रिकेटकै कारण आफ्नो अर्को सपना पनि पुरा भएको बताएका छन् । ‘मेरो लागि क्रिकेट सैध पहिलो प्राथमिकता हो । म क्रिकेट खेलाडी हुन्न थिए र यसमा सफलता पाउने थिइन भने यो सब सम्भव थिएन,’ उनले अगाडि भने,‘त्यसैले मेरो लागि क्रिकेट सधै पहिलो प्राथमिकता थियो र हुनेछ ।’
इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्नु जानु दुई दिनअघि उनको गीतको अडियो सार्वजनिक भएको थियो । म्युजिक भिडियोमा सन्दीप आफै पनि रहेका छन् । म्युभिजक भिडियो सार्वजनिककै क्रममा निम्बसले उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो ।
सन्दीप बिहिबार नेपाली क्रिकेट टोलीका साथ इङ्ल्यान्ड र नेदरल्यान्ड्स भ्रमणमा निस्कदै छन् । नेपालले जुलाई २९ मा लड्समा हुने एमसीसी र नेदरल्यान्ड्स सम्मिलित ट्वान्टी ट्वान्टी त्रिकोणात्मक श्रृखंला खेल्नेछ ।
त्यसपछि नेपालले नेदरल्यान्ड्ससँग अगस्ट १ र ३ मा एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । झन्डै पाँच महिना अघि चार वर्षका लागि एक दिवसिय मान्यता पाएयता नेपाली टोलीको यो पहिलो एक दिवसिय क्रिकेट हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]