7 years ago
July 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र नेपाली महिला भलिबलकी चर्चित तथा मुख्य खेलाडी प्रतिभा माली सेञ्चुरी बैंक लिमिटेडको ब्राण्ड एम्बासडर बनेका छन्।
नेपाली बैंकहरुको कान्छो सेञ्चुरी बैंक लिमिटेडले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पारस र प्रतिभालाई एक वर्षका लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो । उनीहरुलाई कति रकममा एम्बासडरमा नियुक्त गरिएको त्यो भने खुलाइएको छैन ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुल्सीराम गौतमले नेपालका दुई चर्चित खेलका खेलाडी पारस र प्रतिभालाई ब्राण्ड एम्बासडर बनाउन पाउनु आफ्नो लागि ठुलो कुरा रहेको बताए । उनले आफ्नो दुवै ब्राण्ड एम्बासडरका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा थप सफलताको शुभकामना समेत व्यक्त गरे ।
एम्बासडरमा नियुक्त भएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले सेञ्चुरी बैंकसँग पुरानो सम्बन्ध रहेको नेपालको जुनसुकै खेललाई माथि उठाउन कर्पाेरेट क्षेत्रहरुको आवश्यकता रहेको औंल्याए ।
भलिबलकी चर्चित खेलाडी प्रतिभाले खेलाडीहरुलाई यस्तो खालको मौकाले भावी पिढीलाई खेलमा लाग्न प्रोत्साहन मिल्ने बताईन् । सेञ्चुरी बैंकका सहायक सिइओ जीवन भट्राईले बैंकको प्रमोशनसँगै खेललाई प्रोत्साहन गर्नकाचे लागि पारस र प्रतिभालाई ब्राण्ड एम्बासडर नियुक्त गरिएको बताए ।
‘हामी नेपाली खेलकुदमा लगानी गर्ने वातावरण सिर्जना गरिरहेका छौं । केही प्रयास थालेका छौं । यसपटक हामीले क्रिकेट र भलिलाईलाई रोज्यौ भविष्यमा अन्य खेलकना खेलाडीहरु पनि पर्न सक्छ ’ सहयाक सिइओ भट्टराईले भने ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]