7 years ago
July 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरको सैनिक आवासिय महाविद्यालयले विश्वकप फुटबल लक्षित दोस्रो एन. के. सिंह अन्तर विद्यालयस्तरीय हाजिर जवाफ प्रतियोगिता जितेको छ । एन.के.सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्ययालयको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को सहकार्यमा सोमबार सम्पन्न प्रतियोगितामा निर्भाना एकेडेमी दोस्रो, जेम्स स्कुल तेस्रो, युनाइटेड स्कुल चौथो र भानुभक्त मेमोरियल मावि पाँचौं भएको थियो ।
प्रतियोगितामा विश्वकप इतिहास, छनोट प्रक्रिया, सामान्य ज्ञान, हालसम्म बढी गोल गर्ने खेलाडी, औसत गोल गरेका खेलाडी, विश्वकपमा भएको गोल संख्या, रातो/पहेँलो कार्ड, रेफ्री र प्रशिक्षक, प्रतियोगिताको रणनीति, खेलाडीको उपनाम र विश्वकप फुटबल २०१८ र खेलाडीसँग सम्बन्धित श्रव्य/दृश्य, मिड ले लगायत विषयसँग केन्द्रित भएर प्रश्नहरू सोधिएको थियो ।
असार २६ गतेदेखि सुरु भएको प्रतियोगितामा सहभागी २० विद्यालयलाई समूहमा विभाजन गरी अन्तिम चरणका लागि ५ विद्ययालय छनोट गरिएको थियो । सन् २०१४ देखि सुरु भएको उक्त प्रतियोगिता हरेक चार वर्षमा गरिने व्यहोरा कार्यव्रmममा जानकारी गराइयो । विश्वकप खेल र सोसँग सम्बन्धित विषयमा जानकारी गराउने र विद्यार्थी र विद्यालयका बिचमा आपसी सहकार्य र भाइचाराको सम्बन्ध अभिवृद्धि गराउने उद्देश्यले कार्यव्रmम आयोजना गरिएको कुरा प्रिन्सिपल प्रमिला सिंहले जानकारी दिइन् ।
एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताका विजेता, उपविजेता विद्यालयका खेलाडीलाई पुरस्कृत गरे । कार्यव्रmममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सिम्रिक एयरका सिनियर चिफ पाइलट अनिल श्रेष्ठ, विद्यालयका संस्थापक प्रमिला सिंह, डाइरेक्टर आवश्यक सिंह श्रेष्ठ र ब्राइटफ्युचर एकेडेमीका संस्थापक तथा शिक्षासेवी मोहन कार्की, योङदेन युनिभर्सिटिका प्रोफेसर खोमदेन डियकालगायतको उपस्थिति रहेको आयोजक विद्यालयका मिडिया संयोजक लक्ष्मण प्रधानले जानकारी दिए ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]