7 years ago
July 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल व्यायाम मन्दिरको आयोजनामा हुंदै आएको प्रतियोगिता धर्मश्री अशोज १९ र २० गते आयोजना हुने भएको छ ।
राष्ट्र, राष्ट्रियता तथा प्रजातन्त्रप्रति अमुल्य जीवनको आहुती दिनु हुने अमर शहिद तथा व्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतीमा २०४२ सालबाट सुरु गरिएको सर्वाधिक सम्मानित तथा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको १५ औं संस्करण अशोज तेश्रो साता हुने मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए ।
राष्ट्रब्यापी खुल्ला प्रतियोगिताको रुपमा रहेको प्रतियोगितामा करिब ४०० खेलाडीहरुले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजी माथीको तौल समूहमा प्रतिस्पर्धा गराईने र प्रत्येक तौल समूहका पहिलो स्थान हात पार्ने खेलाडीहरुले ओभरअल राउण्डमा धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गर्ने मन्दिरद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
१५ हजार पुरस्कार रासीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५ औं संस्करण सम्म आई पुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ । धर्मश्री विजेतालाई नगद ५ लाख सहित ट्रफी र ब्यानेटबाट सुसज्जित गरिने छ । यस्तै प्रतियोगितामा दोश्रो हुनेले २ लाख ५० हजार, तेश्रोले १ लाख ५० हजार, चौथोले १ लाख, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार नगद तथा मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तौल समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् ।
विगतमा विभिन्न संस्थाहरुले प्रायोजन गर्दै आएकोमा प्रायोजक संस्थाहरुलाई धन्यवाद प्रदान गर्दै आगामी दिनमा धर्मश्रीलाई लगातार ५ बर्षको प्रायोजन सम्झौता गर्ने संस्थाको नाममा प्रतियोगिता आयोजना गरिने मन्दिरका अध्यक्ष प्रधानले बताए । अध्यक्ष प्रधानले प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने उद्धेश्य रहेता पनि अध्याधिक धनरासीको प्रतियोगिता भएकाले आर्थिक अभावका कारण र प्रायोजकका कारण लगातार आयोजना गर्न नसकिएको समेत बताए ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]