default_image

7 years ago

July 11, 2018

वल्र्ड युनिभर्सिटी तेक्वान्दोमा नेपाललाई ४ पदक

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि कोरियामा रहेको नेपाली तेक्वान्दो टोलीले पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो र खुला च्याम्पिनसिपमा २ रजत र २ कास्य पदक जितेको छ । झन्डै दुई महिनादेखि कोरियमा रहेको टोलीका अनुज पुजारी र अस्मिता खड्काले रजत तथा सागर गुभाजु र ज्ञानेन्द्र हमालले कास्य पदक जितेको नेपाली टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए ।

अनुजले मिडिल वेट (८७ केजी मूनि) ले रजत पदक जितेका हुन् । पहिलो खेलमा बाई पाएका अनुजले दोस्रो खेलमा कोरियाली हराएका थिए । अनुज फाइनलमा श्रीलंकाका ११–१० ले पराजित भएका थिए । अस्मिता फ्लाइ वेट (४९ केजी मूनी) को फाइनलमा इन्डोनेसियाकी खेलाडीसँग २२–१० ले पराजित भइन् । त्यसअघि पहिलो खेलमा बाई पाएकी अस्मिताले दोस्रो खेलमा कोरियाकी खेलाडी २०–१८ ले हराइएकी थिइन् ।

६३ केजी तौल समूहको समूहमा सागले कास्य पदक जिते । पहिलो खेलमा बाई पाएका सागर सेमिफाइनलमा मेलेसियाकी खेलाडी २५–११ ले पराजित भए । ज्ञानेन्द्रले लाइट वेट (७४ केजी मूनी) मा तेस्रो पदक प्राप्त गरेका थिए । पहिलो खेलमा श्रीलंकाकी खेलाडीलाई १२–८ ले हराएका ज्ञानेन्द्र सेमिफाइनलमा कोरियाका खेलाडीसँग २५–१२ ले पराजित भएका थिए ।

एसियाडका लागि प्रतियोगिताो सहभागिताले फाइदा पूगने विश्वास प्रशिक्षक विष्टले लिएका छन् । उनका अनुसार नेपाली खेलाडी आउने केहि दिनमा अर्को च्याम्पियनसिपमा भाग लिने बताएका छन् । ५ खेलाडीले बिहिबार प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रशिक्षणसँग प्रतियोगितामा भाग लिदा खेलाडीको आत्म विश्वा बढ्नुका साथै कमजोरी पनि थाहा हुन्छ, उनले भने, त्यसले आउने दिनमा सुधार गर्न सहज हुनेछ । विष्ट र अर्की प्रशिक्षक संगिना वैद्यको नेतृत्वमा १० खेलाडी कोरियामा प्रशिक्षण लिइरहेका छन् । विष्टका अनुसार नेपाली खेलाडीलाई कोरियाली प्रशिक्षकले पनि प्रशिक्षण दिइरहेका छन् । एसियाड भदौं २ गते देखि इन्डोनेसियामा सुरु हुनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.