default_image

7 years ago

July 4, 2018

उसु एसियाड टोलीलाई फेलेट फिडको ट्रयाकसुट

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फेलेट फिड इन्डस्ट्रिजले इन्डोनेसियामा भदौमा आयोजना हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली उसु खेलाडीसहितको टोलीलाई बुधबार ट्रयाकसुट प्रदान गरेको छ । १० खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापक गरी १४ सदस्यीय टोलीलाई ट्रयाकसुट प्रदान गरिएको हो ।

एसियाडमा सहभागी हुने पुरुष खेलाडीमा विजय सिन्जाली, युवराज थापा, पदम ठकुल्ला, मंगलप्रसाद थारु, वीरमान लामा र चित्रसिंह ठकुरी रहेका छन् । महिलामा निमा घर्ती मगर, सुस्मिता तामाङ, जुनी राई र लुमन्ति श्रेष्ठ छन् । प्रशिक्षकमा उसु प्रमुख प्रशिक्षक अम्बरकुमार थिङ, शैलेन्द्र श्रेष्ठ र फत्तबहादुर लामा तथा व्यवस्थापकमा लाक्पा छिरिङ लामा छन् ।

मंगल र सुस्मिताले यसअघिको इन्चोन एसियाड पनि खेलेका थिए । निमा १२ औं सागकी स्वर्णधारी हुन् भने विजय, युवराज, सुस्मिता र जुनीले १२ औं सागमा रजत जितेका थिए । पदम, वीरमान र लुमन्तिको इन्डोनेसिया एसियाड ‘डब्यू’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

नेपालले चीनको बेइजिङमा सन् १९९० मा भएको ११ औं एसियाली खेलकुददेखि उसुमा पहिलोपटक सहभागिता जनाएको थियो । त्यसएता नेपालले उसुमा निरन्तर भाग लिदै आएको छ । सबै संस्करणमा नेपाल पदकविहीन छ । टोलीलाई नेपाल उसु संघका सह–अध्यक्ष वीरबहादुर तामाङ, इन्डस्ट्रिजका सञ्चालकद्वय नारायण गिरी र राजकुमार गिरीले कार्यक्रमबीच ट्रयाकसुट हस्तान्तरण गरे ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.