7 years ago
July 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगितामा कास्की आर्चरी क्लबकी केशरी आले मगरले स्वर्ण जितेकी छिन् । केशरीले फाइनलमा नेपाल आर्मीकी अइशा तामाङलाई पराजित गरिन् ।
निर्धारित समय ५-५ को बराबरीमा टुंगिएपछी दुवैले १-१ तिर हान्ने मौका प्राप्त गरेका थिए । सो अवसरमा केशरीले १० अंक जोड्दा अइशाले ९ अंक मात्र जोडिन् । यसैगरी आर्मीकै ज्ञानु अवालेले तेस्रो स्थान हांसिल गरिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलिएको प्रतियोगिताको पुरुषतर्फ रिकर्भमा आर्मीका रोशन नगर्कोटी पहिलो भए भने ट्रेडिसन आर्चरी क्लबका लक्ष्मण पुन दोस्रो र प्रेम विक तेस्रो भए । पुरुष स्ट्यान्डर्डतर्फ आर्मीका तविन गुरुङ पहिलो, ट्रेडिसनका प्रेमकुमार भट्टचन दोस्रो र वेस्ट आर्चरीका नविनवीर बस्नेत तेस्रो भएका हुन् ।
महिला स्ट्यान्डर्डतर्फ भने अर्चना थापा पहिलो, सेलिना गुरुङ दोस्रो र सर्मिला गुरुङ तेस्रो भइन् । तीनै प्रतिस्पर्धी अन्नपूर्ण आर्चरी क्लबका हुन् ।
त्यस्तै पुरुष व्यक्तिगत कम्पाउन्डमा वेस्टका प्रजित अग्रवालले पहिलो स्थान हात पार्दा, राजधानी दैनिकका सनातन मल्ला दोस्रो तथा स्वयम्भु रिक्रियसनका रमेश भट्टचनले तेस्रो स्थानमा चित्त बुझाए ।
पुरुष स्ट्यान्डर्ड टिम इभेन्टतर्फ वेस्टले पहिलो स्थान हात पारेको हो । अन्नपूर्ण दोस्रो स्थान तथा आर्मी तेस्रो स्थान हांसिल गर्न सफल रह्यो । रिकर्भतर्फ भने आर्मी पहिलो, ट्रेडिसन दोस्रो र कास्कीले तेस्रो स्थान हात पार्यो ।
दुई दिन लामो प्रतियोगितामा ५५ खेलाडीले ७ विधामा प्रतिस्पर्धा जनाएका थिए ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]