7 years ago
June 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– शिवपुरी स्कुल र रातो बंगला स्कुुल टोफिचो जुनियर च्याम्पियन्स कपको च्याम्पियन बनेका छन् । ग्रासरूट फुटसल मण्डिखाटारमा शुक्रबार भएको यु–१४ तर्फ शिवपुरी र यु–१२ तर्फ रातो बंगला च्याम्पियन बन्न सफल भएको हो ।
यु–१४ तर्फको फाइनलमा शिवपुरीले बुढानिलकण्ठमाथि ५–२ को फराकिलो जित निकाल्यो । यसअघि फाइनल प्रवेशको लागि शिवपुरीले प्रिमियर र बुढानिलकण्ठले इपिएससँग प्रतिस्पर्धा गरेको थियो ।
यु–१२ तर्फ रातो बंगलाले त्रिनेत्र स्कुललाई ३–१ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । रातो बगंलाले सेमिफाइनलमा राजर्शि गुरुकुललाई तथा त्रिनेत्रले साइपाल लाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । राजर्षिले गुरुकुललाई ३–१ ले पराजित गर्दै तेस्रो स्थान हात पा¥यो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।