default_image

7 years ago

June 21, 2018

साइक्लिस्ट नारायणलाई खेलकर्मीको श्रद्धान्जली

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा भएको रम्वल इन जंगल २०१८ को माउन्टेन बाइक रेस च्याम्पियनसिपको क्रममा लडेर निधन भएका नेपाली राष्ट्रिय च्याम्पियन नारायण गोपाल महर्जनलाई खेलकर्मीले अन्तिम श्रद्धान्जली दिएका छन् । अन्तिम श्रद्धान्जलीका लागि नारायणको शव त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा राखिएको थियो ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद् जीवनराम श्रेष्ठ, ओलम्पिक कमिटिका उपाध्यक्ष धिरेन्द्र प्रधान, महासचिव लामा टेण्डी शेर्पा, राखेपका सदस्यसचिव केशव कुमार विष्ट, ओलम्पिक कमिटिका सहमहासचिव राजीव श्रेष्ठ, सदस्य निलेन्द्रराज श्रेष्ठ, अशोाक बज्राचार्य र साइक्लिङ संघका अध्यक्ष गोपाल कक्षपति र महासचिव लगायतले खेलकर्मी, पदाधिकारी, खेलाडी र कर्मचारीले उनलाई श्रद्धान्जली दिएका छन् ।

राष्ट्रिय च्याम्पियन नारायणको गत जेठ ३० गते साइक्लिङका क्रममा नै निधन भएको थियो । उनको शव बुधबार मात्र नेपाल आइपुगेको थियो । २०४२ मा काठमाडौं स्वयम्भुमा जन्मिएका उनी २०६२ देखि साइक्लिङ खेलमा अनवरत रहेका थिए । यस बीचमा नारायणले १४ स्वर्ण, १३ रजत र १२ कास्य जित्न सफल भएका थिए ।

उनी आसन्न एसियन गेम्सको लागि पनि छनोट हुन सफल भएका थिए । उनको निधनले साइक्लिङ संघका साथै सारा खेलकुद नै स्तब्ध बनेको छ । परिवारको एक्ला छोरा स्वर्गीय नारायणका बाबुआमा र दुई दिदीहरु छन् । उनको अन्तिम संस्कार आजै हुने बताइएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.