7 years ago
June 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चाइनिज स्पोट्र्स वेयर कम्पनी एक्सटेपको तेस्रो स्वरम बौद्धमा खुलेको छ । एक्सटेपको स्वरुप यसअघि न्यूरोड र दरबारमार्गमा खोलिएको थियो । बौद्धस्थित स्वरुमको उद्घाटन सञ्चालकद्वय गणेशमान श्रेष्ठ र बलराम गौतमले संयुक्त रुपमा गरेका थिए ।
करिब तीन वर्षदेखि नेपालमा खेलकुदका विभिन्न सामग्री विक्री गरिरहेको चाइनिज स्पोट्र्स वेयर कम्पनी एक्सटेपले दरबार मार्गमा आफ्नै सोरुम खोलेको थियो भने बौद्धमा फ्रेन्चाइज दिएको बताइएको छ । एक्सटेपको आफ्नो सोरुममा स्पोर्टस् वयेर जर्सी, जुत्ता, ज्याकेट लगायतका विभिन्न खेल सामग्री रहेका छन् । एक्सटेपका ब्रान्ड एम्बेसडर राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर हुन् ।
माघमा महिना पोखरामा सम्पन्न आहा रारा गोल्डकपमा एक्सटेपको सह(प्रायोजन पनि रहेको थियो । अन्य कम्पनीहरुको सहयोगमा एक्सटेपले अहिले देशभरी १ सय भन्दा बढी ठाउँहरुमा आफ्नो उत्पादन विक्री गरिरहेको छ । आफ्नो सामग्री सस्तो र गुणस्तरीय रहेको एक्सटेपका अर्का सञ्चालक श्रेष्ठले बताए ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]