default_image

7 years ago

June 9, 2018

एभरेष्ट ‘ए’लाई फुटसल उपाधि

118 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – एभरेष्ट क्लब चितवन ‘ए’ ले इप्लानेट नकआउट फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एभरेष्ट ”बीलाई शनिबार ४–० ले हराउँदै एभरेष्ट ‘ए’ले उपाधि जितेको हो ।

 

जनकल्याण युवा क्लब भरतपुर–६ को आयोजनामा इन्द्रपुरीमा भएको प्रतियोगितामा उत्कृष्ट टिमको पुरस्कार रामपुर फुटबल क्लब ‘ए’, उत्कृष्ट खेलाडी रानीपोखरी फुटबल क्लबका विपिन तामाङ, सर्वाधिक गोलकर्ता एभरेष्ट क्लब ‘ए’ का रोशन क्षेत्री र उत्कृष्ट गोलकिपर जनकल्याण ‘बी’ का सागर रानामगर चुनिएका छन् ।

प्रतियोगिताका विजेता टोलीले ५० हजार र दोस्रो टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेको छ । २३ गतेदेखि सुरु भएको प्रतियोगितामा चितवन र आसपास जिल्लाका गरि २८ टोलीको सहभागिता थियो ।

 

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.