7 years ago
June 9, 2018
सिमरा (हाम्रो खेलुकद)– नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको प्रथम अधिवेशनले सुनिल गाउँलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्षमा कृष्ण सिग्देल, सचिबमा बसन्त खतिवडा, सहसचिबमा श्याम गुप्ता, कोषाध्यक्षमा पुष्पराज खतिवडा छन् ।
त्यस्तै सदस्यमा रञ्जन यादव, मनोज कुमार साह, प्रदिप गौतम, शारदा पोखरेल, साजिर मंसुर, मिरा राई, निमा लामा र अविनाश आचार्य सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक रेशम तिवारीले जानकारी दिए । यस्तै मञ्चको सल्लाहकारमा पत्रकारहरु गुरुप्रसाद गौतम, कमलकुमार उपाध्याय, रेशम तिवारी, प्रकाश लम्साल, लक्ष्मी साह, बसन्त शर्मा, गोकुल घोरासैनी र दिवाकर भण्डारीलाई चयन गरिएको मञ्चका अध्यक्ष गाउँलेले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघ प्रदेश नम्बर २ का सचिव गुरु प्रसाद गौतम, सदस्य भोजराज भट्टराई, जितलाल श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाश लम्साल, व्रोडकाष्टिङ एशोसियसन अफ नेपाल (बान)का प्रदेश नम्बर २ का अध्यक्ष आरसी यादवले अधिवेशनको सफलताको शुभकामना दिए ।
त्यस्तै प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी, बरिष्ठ पत्रकार रेशम तिवारी, सिमरा स्थित नवजनजागृती यूवा क्लबका महासचिब शम्भुसिंह ठकुरी, बारा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष रामचन्द्र लामा, नयाँ गोरेटो पुर्नस्थापना केन्द्र पथलैयाका अध्यक्ष राजकुमार लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
खेलकुद पत्रकारिता पुरस्कार घोषणा
बारा जिल्लामा रहेर सकृय पत्रकारिता गरिरहेका पत्रकारहरुलाई खेलकुद पत्रकारितामा प्रोत्साहन गर्ने उद्देश्य सहित नेपाल खेलकुद पत्रकार मञ्च बाराले २५ हजार रुपैयाँ पुरस्कार राशीको खेलकुद पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चको स्थापना दिवसका अवसरमा हरेक वर्ष भदौ २७ गते बाराका एकजना पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने मञ्चका अध्यक्ष गाउँलेले बताए । गाँउलेले भने ‘जिल्लाको खेलकुद गतिविधिमा सकृय कलम चलाउने पत्रकारलाई प्रोत्साहन र खेल तथा खेलाडीको सम्मानमा हामिले यो पुरस्कारको स्थापना गरेका हौ।’
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]