default_image

7 years ago

June 8, 2018

फुटसलमा एभरेष्ट बी र डिएफसी एबीच प्रतिस्पर्धा हुने

111 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद)– भरतपुर महानगरपालिकाको इन्द्रपुरी पुरमा जारी नकआउट फुटसल प्रतियोगिताको क्वार्टरफाइलनमा एभरेष्ट ‘बी’ र डिएफसी ‘ए’ बीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार हुने क्वार्टरफाइनलका अन्य खेलमा त्रिग्राम र जेकेवाइसी ‘सी’, जेकेवाइसी ‘बी’ र रानीपोखरी तथा एभरेष्ट ‘ए’ र रामपुर ‘ए’बीच खेल हुनेछ ।


इन्द्रपुरी माविको मैदानमा शुक्रबारको आ आफ्नो खेल जित्दै आठ टोली क्वार्टरफाइनलमा पुगेका थिए । आज भएको खेलमा एभरेष्ट ‘बी’ले जेकेवाइसी ‘ए’लाई २–० ले, त्रिग्रामले सूर्यनगरलाई ३–२ ले, डिएफसी ‘ए’ले बिग स्कोरलाई ३–१ ले र जेकेवाइसी ‘सी’ले पद्मोदयलाई ५–१ ले हराएको थियो ।

त्यस्तै अन्य खेलमा जेकेवाइसी ‘बी’ शक्तिखोर ३–१ लाई, एभरेष्ट ‘ए’ले मेगौली २–० लाई, रानीपोखरीले डिएफसी ‘बी’ २–० ले र रामपुर ‘ए’मा बिएफसी गैडाकोट ४–२ ले पराजित गरेको थियो । इन्द्रपुरी जनकल्याण युवा क्लब भरतपुरको आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.