7 years ago
June 7, 2018
भरतपुर (हाम्रो खेलकुद)– भरतपुर महानगरपालिकास्थित इन्द्रपुरीमा जारी नकआउट फुटसल प्रतियोगितामा बिहिबार आठ खेल भएका छन् । इन्द्रपुरी माविमा भएको खेलमा सूर्य नगर, पद्मोदय, जेकेवाइसी बी, डिएफसी ‘ए’, रानी पोखरी, एभरेष्ट ‘ए’, नवलपरासी र रामपुर ‘ए’ विजयी भएका छन् ।
सूर्य नगरले भरपुरलाई २–० ले, पदमोदयले पेनाल्टीमा रामपुर ‘बी’लाई २–० ले, जेकेवाइसी ‘बी’ले प्रेम शान्तिलाई १–० ले र डिएफसी ‘ए’ले भेट्रान ‘बी’लाई २–१ ले हराएको थियो ।
त्यस्तै रानी पोखरीले युनिक एफसीलाई पेनाल्टीमा २–० ले, एभरेष्ट ‘ए’ले चोकबजारलाई १–० ले, नवलपरासीले युवा तथा खेलकुद विकास समिति भरतपुर २४ नयाँ वस्तीलाई पेनाल्टीमा ३–१ ले, रामपुरले कैलाश युवा क्लबलाई ४–१ ले पराजित गरेको थियो ।
इन्द्रपुरिको जनकल्याण युवा कल्ब भरतपुरको आयोजना गरेको प्रतियोगितामा चितवन र आसपासका जिल्लाका २८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्काे साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]
December 22, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]
December 21, 2024
काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)- उग्रचण्डी मावि र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिवार भएको उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि श्रीकृष्ण मानन्धरले जितेका छन्। काभ्रेपलाञ्चोक जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय प्रतियोगिताको ६ चरणको खेलमा सबै लाई हराउँदै श्रीकृष्ण मानन्धरले उपाधि जितेका हुन् । बनेपाको नाला स्थित उग्रचण्डीमा भएको प्रतियोगितामा ६ खेलाडीले समान ५ अंक […]