default_image

7 years ago

June 7, 2018

एपिएफको अपराजित यात्रामा पूर्णविराम,पुलिस माथि आर्मीको महत्वपूर्ण जित

154 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)– घरेलु महिला भलिबलमा अपराजित रहँदै आएको विभागीय नेपाल एपीएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहिबार भएको लिग चरणको अन्तिम खेलमा एपिएफको अपराजित यात्रामा शिवम् न्यु डायमण्डले पूर्णविराम लगाएको हो । डायमण्डले एपिएफमाथि ३–१ को जत निकाल्न सफल भयो ।

गत माघमा भएको प्रथम शिवम न्यु डायमण्ड कप भलिबलमा पराजित भएयता एपिएफ विभिन्न ६ प्रतियोगितासम्म अपराजित रहँदै आएको थियो । त्यतिबेला एपिएफ डायमण्डसँग नै पराजित भएको थियो । न्यु डायमण्ड कपपछि एपिएफले मेयर कप, दिदी बहिनी कप, प्रधानमन्त्री कप, आइजीपी कप र एनभिए कप र शेर बहादुर खड्का स्मृति कपसम्म अपराजित रहन सफल भएको थियो ।

नियमित सेटर कृपा अधिकारी टिममा नहुदा कमजोर देखिएको डायमण्डको नयाँ सेटर श्रीना मालीले एपीएफविरुद्धको खेलमा उत्कृष्ट खेल पस्कदा कृपाको अभाव खड्का दिएनन् । डायमण्डले पश्चिमाञ्चलका मन्जु गुरुङ र अरुणा शाहीलाई टिममा समावेश गर्दै टोलीलाई सन्तुलित बनाएको छ ।

राम्रो शुरुवात गरेको डायमण्डले पहिलो र दोस्रो सेट २५–१६ र २५–२० सहजै जित्दै खेललाई आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट १७–२५ ले गुमाएपनि चौथो सेटमा २५–१६ को जित निकाल्न सफल भयो । जितका बावजुत डायमण्ड दोस्रो स्थानमा रह्यो ।

समान १२ अंक नै रहेपनि एपिएफ सेटको आधारमा एपीएफ शीर्ष स्थानमा रहन सफल भयो । अब एपीएफले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब र डायमण्डले फाइनल प्रवेशका लागि पुलिससँग खेल्नेछ । डायमण्ड लिगको पहिलो खेलमा पुलिससँग पराजित भएको थियो ।

पुलिस माथि आर्मीको महत्वपूर्ण जित

महिला भलिबलमा कान्छो विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि जित निकालेको छ । आर्मीले राजधानीमा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको समुह चरणको अन्तिम खेलमा पुलिसमाथि ३–२ को जित निकालेको हो ।

महिला भलिबलमा आर्मीले अहिलेसम्म पुलिसमाथि जित हात पार्न सकेको थिएन । आर्मीका प्रशिक्षक कपिल किशोर श्रेष्ठले अहिले नेपालको दोस्रो टिमलाई पराजित गर्न सक्नु बहादुरी रहेको बताए ।

‘नेपालको नम्वर दुई टोलीलाई पराजित गर्न सक्नु आर्मीको बहादुरी हो । पुलिसमाथिको ऐतिहासिक जितले आर्मी अब भलिबलमा कमजोर छैन भन्ने सन्देश दिएको छ ’ प्रशिक्षक श्रेष्ठले भने, ‘अंक गुमाएपछि आफै नर्मस हुने टोलीलाई यो जितसँगै मनोवल उच्च रहेको छ । सेमिफाइनलमा एपीएफसँग प्रतिस्पर्धा गर्नको लागि यो जितले थप हौसला मिलेको छ । एपीएफवरुद्धको खेल पनि राम्रो हुने अपेक्षा छ ।

खेलमा शुरुवाती सेट २५–१५ ले जित्दै पुलिसले अग्रता बनाएको थियो । तर, दोस्रो सेटमा उच्च प्रदर्शन गरेको आर्मीले पुलिसलाई कुनैपनि समय खुलेर खेल्न नदिदा २५–१० ले जित्दै खेल १–१ को बराबरीमा ल्याएका थियो । यो सेटमा आर्मीका मुख्य स्पाइकर निरुता ठगुन्ना, क्वीकर सुनिता खड्काले उच्च प्रदर्शन गरेकी थिइन् । तेस्रो सेट २५–२० ले जितेपछि आर्मीले खेलमा २–१ को अग्रता बनायो ।

चौथो सेटमा चार अंकको अग्रता बनाएर पनि आर्मीले खेल २२–२५ ले गुमाउदा खेल २–२ को बराबरीमा पुगेको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पाँचौ तथा निर्णायक सेटको पहिलो हाफमा आर्मीले ८–७ को अग्रता लिदै खेललाई आफ्नो पक्षमा पार्न प्रयास गरेको थियो । तर, त्यसपछि आर्मीले एक अंक जोड्दा पुलिसले लगातार दुई अंक जोडेपछि आर्मी १०–९ ले पछि परेको थियो । निरुताले स्पाइकबाट अंक जोडेपछि खेल फेरि बराबरीमा पुगेको थियो ।

त्यसपछि मनिषा खाँडले ब्लक र निरुताले सर्भिसबाट अंक जोडेपछि आर्मी १३–१० ले अघि रह्यो । निरुताले सर्भिस र जानकी भण्डारीले डबल फल गरेपछि खेल १३–१२ को रोमाञ्चक मोडमा पुगेको थियो । त्यसपछि मनिषाले ब्लकबाट र संगम महतोको स्पाइकबाट आर्मी लगातार दुई अंक जोडेपछि १५–१२ को जित निकाल्दै पुलिसमाथि ऐतिहासिक जित निकाल्न सफल भएको हो ।

जितपछि पनि आर्मी ८ अंकसहित लिगको चौथो स्थानमा रहन सफल भयो । अब आर्मीले फइनल प्रवेशका लागि शुक्रबार महिला भलिबलको सशक्त टोली नेपाल एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ जारी लिगमा अपराजित एक्लो टोली हो ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगिता ६ टिमको बीच राउण्ड रोबिन लिगका आधारमा भएको लिगमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

जेठ २६ सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले २ लाख, उपबिजेताले १ लाख, तेश्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछिन् । त्यस्तै बिधागततर्फ बेष्ट स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्टर र बेष्ट कोचले जनहि ५ हजार प्राप्त गर्नेछन् ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.