7 years ago
June 6, 2018
चितवन (हाम्रो खेलकुद) – भरतपुर महानगरपालिका वडा न ६ इन्द्रपुरीमा बुधबार नकआउट फुटसल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन जेकेवाइसी इन्द्रपुरी, त्रिग्राम, एभरेष्ट बी र डिएफसी ए र डिएफसिए विजयी भएको छन् ।
भरतपुरको इन्द्रपुरी माविको मैदानमा भएको खेलमा जेकेवाइसीले योङ स्टारलाई ४–१ ले, त्रिग्रामले एफसी डुबरलाई ३–२, एभरेष्टले भेट्रान एलाई १–० ले र सिद्धार्थले डिएफसिएले सिद्धार्थलाई ३–२ ले हराएको थियो ।
जनकल्याण युवा कल्ब भरतपुर ६ इन्द्रपुरीले आयोजना गरेको प्रतियोगितामा चितवन र नजिकका जिल्लाका गरि २८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता जेठ २६ गते सम्म चल्नेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।