default_image

6 years ago

June 6, 2018

सोलुखुम्बुमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको आयोजनामा असारको पहिलो साता खुला ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । ६ इभेन्ट्समा हुने प्रतियोगिता असार १ र २ गते हुने जिल्ला संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिएका छन् ।

जिल्ला संघका अध्यक्ष राजकुमार गुरुङ ।

प्रतियोगितामा मेन्स सिंगल, मेन्स डबल्स, उमन्स सिंगल, उमन्स डबल्स, यू १६ ब्वाइज र भेट्रान्स (४५) वर्ष मा प्रतिस्पर्धा हुनेछ । सोलुखुम्बुस्थित सल्लेरी कभर्ड हलमा हुने प्रतियोगिताका सबै इभेन्ट्को विजेताले १५ हजार, दोस्रो हुनेले १० र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष गुरुङ बताए ।

October 12, 2024

काभा यु २० भलिबल – नेपाली टोली दोस्रो

काठमाडौं(हाम्रो खेलकुद) –नेपाली युवा टोली काभा यु २० भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ। श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनलमा उज्वेकिस्तानसँग ३-१ ले पराजित हुँदै नेपाल दोस्रो भएको हो । पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर प्रदर्शन गरेको थियो। उज्वेकिस्तानले नेपाललाई २५-२७,२५-१०,२५-२५-२० ले हराउँदै च्याम्पियन बनेको हो। उपाधिका लागि नेपाल र उज्जेकिस्तानबीच खेल हुँदैछ ।नेपालले […]

October 9, 2024

खेलकुद विकास कार्यक्रम विज्ञमा थापा मनोनित

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई मनोनित गरेको छ । खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ थापालाई जिम्मेवारी दिएका हुन् । खेलकुदसंग सम्बन्धित विकास […]

October 9, 2024

विष्टले विश्व ओलम्पियन संघको साधारण सभामा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन संघ (एनओए) का अध्यक्ष दीपक विष्ट स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको साधारण सभामा भाग लिन त्यसतर्फ जाँदैछन् । साधारण सभा असोज २४ देखि २६ गते सम्म हुनेछ।साधारण सभाको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत विश्व ओलम्पियन संघको समायोजना रहेको विष्टले बताए । त्यस क्रममा विश्व ओलम्पियन संघको निर्वाचन पनि […]

Success

Thank you for your time.