default_image

7 years ago

June 5, 2018

लिग भलिबलमा एपिएफको लगातार दोस्रो जित

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला भलिबलको सशक्त टोली विभागीय नेपाल एपिएफ क्लबले राजधानीमा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि एपिएफले २५–२२ को जित निकालेको थियो । त्यसपछिका दुवै सेट एपीएफले २५–१७ र २५–१५ को सहज जित निकाल्यो ।

लगातार दोस्रो जितसँगै एपीएफ ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । पुलिसले पहिलो खेलमा शिवम् न्यु डायमण्डमाथि जित निकालेको थियो । मंगलवार भएको लिग खेलमा शिवम् न्यु डायमण्डले पहिलो जित निकालेको छ । पहिलो खेलमा पुलिससँग अप्रत्यासित हार बेहोरेको न्यु डायमण्डले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि ३–० को सहज जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

डायमण्डले जावलाखेलमाथि २५–१०, २५–१० र २५–९ को सोझो सेटमा हरायो । आर्मीले मंगलवार दोहोरो जित दर्ता गर्न सफल भयो । पहिलो खेलमा पद्मोदय युवा क्लबलाई २५–१८, २५–११ र २५–१७ को सोझो सेटमा हराएको आर्मीले दोस्रो खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५, २५–८ र २५–७ को सहज जित निकाल्यो । बुधबार पनि लिगका चार खेल हुनेछ ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता ६ टिमको बीच राउण्ड रोबिन लिगका आधारमा संचालन गरिएको छ । लिग खेलमा उत्कृष्ट चार स्थान हाँसिल गर्ने टिमले सेमिफाईनलमा प्रवेश पाउने छन् । खेल तालिकानूसार पहिलो बरियतामा रहेको टिमले चौथो बरियतामा रहेको टिम सग तथा दोश्रो वरियतामा रहेको टिमले तेश्रो बरियातामा रहेको टिमसग सेमिफाईनलमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टिमले २ लाख, उपविजेताले १ लाख, तेश्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्ने्छिन् । त्यस्तै बिधागततर्फ बेष्ट स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्टर र बेष्ट कोचले जनही ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता जेष्ठ २६ सम्म सञ्चालन हुनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.