7 years ago
June 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साविकको उपविजेता शिवम न्यु डायमण्ड एकेडेमी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबसँग पराजित भएको छ । अर्को विभागिय टोली एपिएफले पनि विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबारबाट शुरु भएको च्याम्पियनसिपमा डायमण्ड पुलिससँग ३–१ को सेटमा पराजित भएको हो । डायमण्डले पश्चिमाञ्चलकी कप्तान मन्जु गुरुङ र अरुणा शाहीलाई टिममा उतारेपनि जित हात पार्न सकेन । मन्जु र अरुणाले आफ्नो स्वभाविक खेल देखाउन सकेन । पहिलो सेट २५–२१ ले जितेको डायमण्डले त्यसपछिको तीन सेट २५–११, २५–२३ र २५–२१ गुमाउन पुग्यो ।
सोमबारै भएको दोस्रो खेलमा खेलमा पद्मोदय युवा क्लबले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१४, २५–१६ र २५–२२ को सोझो सेटमा हरायो । पहिलो दिनको अन्तिम खेलमा एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २५–१४,२५–२०,२५–१३ को सोझो सेटमा हराएको थियो । राउण्ड रोबिनका आधारमा संचालन भएको खेलमा तीनै विजेता टिमले समान ३/३ अंक जोडे ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा एपीएफ, शिवम् न्युडायमण्ड, नेपाल पुलिस, नेपाल आर्मी, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवनको पद्मोदय युवा क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय सभासद जिवनराम श्रेष्ठले उद्घाटन गरेको प्रतियोगिताको विजेता टिमले २ लाख, उपविजेताले १ लाख, तेश्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछिन् । त्यस्तै बिधागततर्फ बेष्ट स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्टर र बेष्ट कोचले जनही ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता जेष्ठ २६ सम्म संचालन हुनेछ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]