default_image

7 years ago

June 3, 2018

महिला लिग भलिबल भोली सुरु हुने, उद्घाटन खेल शिवम् न्यू डायमण्ड र पुलिसबीच

400 views

0 Bookmark

काठमाडांैं (हाम्रो खेलकुद) –आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको चौथो संस्करण सोमबार सुरु हुँदैछ । उद्घाटन खेल नेपाल पुलिस क्लब र शिवम् न्यु डायमण्डबीच हुने नेपाल भलिबल संघले जनाएको छ ।

Pratibha Mali celebration

डायमण्डकी महत्वपूर्ण खेलाडी प्रतिभा माली । फाइल तस्बिर।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता एपिएफ,शिवम् न्युडायमण्ड,नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवनको पद्मोदय युवा क्लबले प्रतिस्पर्धा गर्ने छन् । सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले उद्घाटन गर्ने प्रतियोगिताको विजेता टिमले २ लाख, दोस्रो टोलीले १ लाख ,तेश्रोले ५० हजार र चौथो हुनेले टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । जेठ २६ गते सम्म चल्ने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछिन् ।

त्यस्तै बिधागततर्फ उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्टर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि आइतबार साँझ प्राविधिक समितिको बैठक बसेको थियो । हाम्रो खेलकुदले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.