7 years ago
June 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पारा तेक्वान्दोका खेलाडीलाई मेन्टर कन्सलटेन्सीले दुई वर्षको लागि प्रायोजन सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल तेक्वान्दो संघको पारा तेक्वान्दो कमिटीका संयोजक कसिन मिया र मेन्टर कन्सलटेन्सीका प्रवन्ध निर्देशक हेमन्त भट्टराईले आइतबार एक कार्यक्रमका बीच हस्ताक्षर गरे ।
तस्बिरहरु -विवके सुवेदी/हाम्रो खेलकुद
सम्झौता अनुसार कन्लटेन्सीले तेक्वान्दोका लागि आवश्यक सम्पुर्ण समानसहित डाइटहरुपनि उपलब्ध गराउनेछ । यस्तै मेन्टरले सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिकमा पनि पारा तेक्वान्दो खेलाडीलाई सहयोग गर्ने बताएको छ ।
सम्झौतापछि नेपाल तेक्वान्दो संघका अध्यक्ष राणाले सबल खेलाडीलाई मात्रै प्रयोजन हुदै आएको अवस्थामा पारा खेलाडीहरुलाई प्रायोजन गरेर मेन्टर कन्सलटेन्सीले नेपाली खेलकुदमा सह्रानीय कार्य गरेको बताउदै आगमी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
कन्सलेन्सीका प्रवन्ध निर्देशक भट्टराईले पारा तेक्वान्दो खेलाडीलाई प्रायोजन गर्न पाउदा खुशी लागेको र हाम्रो सानो सहयोगले खेलाडीहरुमा अझै राम्रो प्रदर्शन गर्न र देशका नाम उचो पार्न हौसला मिल्न सक्ने बताए ।सोही अवसरमा नेपाल तेक्वान्दो संघ अन्र्तगतको पारा तेक्वान्दो कमिटिले पदक विजेता पारा तेक्वान्दोका तीन खेलाडीहरुलाई जनही १० हजारसहित सम्मानित गरेको छ ।
सम्मानित हुने खेलाडीहरुमा भियतनाममा यसैवर्ष सम्पन्न एसिया पारा तेक्वान्दो च्याम्पियनसिपका कास्यपदक विजेता पलेसा गोबर्धन, सन् २०१६ को दोस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा रजतपदक, सन् २०१७ को सातौ विश्व पारा तेक्वान्दोच्याम्पियनसिपमा कास्य र तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपका कास्यपदक विजेता रञ्जना धामी र पहिलो आइडब्लूएएसमा कास्यपदक र पाँचौं युरोपियन ओपन पारा तेक्वान्दो च्यम्पियनसिपमा कास्य पदक विजेता सीता भण्डारी छन् ।
सन् २०१४ मा कोरियामा भएको पहिलो एसिया पारा तेक्वान्दो च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको नेपाल पारा तेक्वान्दो टिमले ११ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदै २ रजत र १० कास्यसहित १२ पदक जित्न सफल भैसकेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]