default_image

7 years ago

June 2, 2018

एसियाडको तयारीमा रहेका कराते खेलाडी सहारा एकेडेमी पुगे

135 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) ­-एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन् । उनीहरुलाई सहरा क्लबका अध्यक्ष केशवबहादुर थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समितिका सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए ।

कराते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथहरुलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे । उनले भने, हामीले सहाराको धेरै चर्चा सुनेका थियौं । आज यहि आउने अवसर मिल्यो । सहाराको कामको हामी सबैले प्रशंसा गर्नुपर्दछ ।

नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले दुई दशकअघि स्थापना भएको सहारा खेलकुद र सामाजिक कामका लागि उदाहरणीय क्लब भएले अन्य क्लबले त्यसबाट प्रेरणा लिनुपर्ने बताए ।

क्लबका अध्यक्ष थापाले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरुले एकेडेमीको भ्रमण गर्दा एकेडेमीका खेलाडीको हौसला बढ्ने बताए । उनले एसियाडमा भाग लिने खेलाडीलाई क्लबकातर्फबाट सफलताको कामना गरेका थिए ।

हिरासिंह डंगोल र श्रेष्ठ प्रशिक्षक रहेको टोलीमा चञ्चला दनुवार, अनुअधिकारी, सुनिता महर्जन, रिता कार्की, परशुराम बास्तोला दिवस श्रेष्ठ र सोनाम लामा छन् । सोही अवसरमा हङकङ सहारा क्लबका सह कोषाध्यक्ष नवराज (प्रविण) गुरुङले एकेडेमीका खेलाडीका लागि फलफुल र चाउचाउ प्रदान गरेका थिए ।

यसैबीच, पोखराको सहारा क्लबको सहरा एकेडेमीले स्थापना गरेको अक्षयकोषमा फुच्यो गुरुङ र उनको परिवारले आर्थिक सहयोग गरेको छ । पर्वत जिल्ला कुस्मा नगरपालिका डाडा खर्क स्थायी बसोबास भएका र हाल पोखरा महानगरपालिका स्थित वडान नं ७ मा बस्दै आएकी गुरुङले क्लबलाई १ लाख १ सय १ रुपैयाँ सहयोग गरेकी हुन् ।

उनले सहारा क्लबका अध्यक्ष केशवकुमार थापालाई पोखरास्थित निवासमै रकम हस्तान्तण गरेकी हुन् । अक्षयकोषमा अहिले सम्म १ करोड रुपैयाँ भन्दा बढी संकलन भइसकेको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.