7 years ago
May 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)– छाउनी डोजोले कराते खेलाडी, रेफ्री र खेलप्रेमीलाई सम्मान गरेको छ । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण कराते तथा किक बक्सिङ च्याम्पियनसिपका दौरान उनीहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेमा बर्लिन ओपनका कास्य पदक विजेता मन्डेकाजी श्रेष्ठ, करातेका राष्ट्रिय रेफ्री सह संयोजक राजेन्द्र कपाली, अन्तर्राष्ट्रिय रेफ्री सञ्जय रञ्जित र खेलप्रेमी राम श्रेष्ठलाई सम्मान गरिएको थियो ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले सम्मान गरेका थिए । सोही अवसरमा सदस्य सचिव विष्टलाई अभिनन्दन गरिएको थियो ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]