7 years ago
May 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजना भाद्र २२ र २३ गते “तेस्रो मिष्टर काठमाडौं शारीरिक सुगठन”, तेस्रो महिला एथ्लेटिक्स तथा दोस्रो जुनियर काठमाडौं प्रतियोगिता हुने भएको छ।
मिष्टर काठमाडौंमा ५५, ६०, ६५, ७०, ७५ तथा ८० केजी माथिको समूहबिच प्रतिस्पर्धा हुनेछ। महिलातर्फ भने खुला उचाई अन्तर्गत प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दियो। जुनियर तर्फ २०७४ चैत्र मसान्तसम्म २१ वर्ष ननाघेका खेलाडीहरु खुल्ला वजन समूह अन्तर्गत प्रतिस्पर्धा गर्नेछन्। प्रत्यक वजन समूहका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार प्राप्त गर्नेछन।
प्रत्यक समूहको समूहगत खेलाडीबीचका विजेताले मिष्टर काठमाडौंका लागि प्रतिस्पर्धा गर्नेछन्। मिष्टर काठमाडौंले १ लाख १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको अनुमानित बजेट १५ लाख रहेको छ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]