default_image

7 years ago

May 25, 2018

भियतनाममा पलेसालाई एसिया ओपन पदक

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले नेपाली खेलाडीले चौथो एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा पदक जितेकी छिन् । । पलेसा गोवद्र्धनले भियतनाममा जारी पारा तेक्वान्दोको ५८ केजी माथि कास्य पदक जितेकी हुन् ।

नेपाल तेक्वान्दो संघका सचिव दीपक विष्टका अनुसार पलेसाले पहिलो खेलमा टर्कीकी नुरचिहान इक्निचीलाई ९–० ले हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनल पुग्ने वित्तिकै कम्तीमा कास्य पदक पक्का हुने भएपनि पलेसा त्यहाँबाट भने अघि बढ्न सकिनन् ।

बिहीबार भएको प्रतिस्पर्धामा पलेसा सेमिफाइनलमा उज्वेकिस्तानकी गुलजोनोयो नेएमोभोसँग ९–४ ले पराजित भइकी थिइन् । पलेसालाई पराजित गर्ने नेएमोभाले उक्त तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । तेक्वान्दो संघको पारा कमिटीका समेत सचिव रहेका विष्टका अनुसार प्रतियोगिता एसिया, युरोप, अमेरिका लगायतका खेलाडीको सहभागिता थियो ।

प्रतियोगिता विश्व तेक्वान्दो महासंघ र एसियाली तेक्वान्दो युनियनका मान्यता प्राप्त र्याकिङ च्याम्पियनसिप हो । प्रतियोगिता सहभागी अन्य तीन खेलाडी सीता भण्डारी ५८ केजी मुनि तथा पुरुषतर्फ रामबहादुर अधिकारी र गोविन्द थापा पहिलो खेलमै पराजित भएको हो । पारा तेक्वान्दोमा नेपाललाई यसअघि यादव कुवर, सीता र रञ्जना धामीले पनि अन्तर्राष्ट्रिय पदक दिलाएका थिए ।

स्वर्ण पदक विजेता नेभएमोभासँग पलेसा (बायाँ) ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.