7 years ago
May 22, 2018
भक्तपुर (हाम्रो खेलकुद) – भक्तपुर कौशलटारको जनप्रेमी इङ्लिस सेकेन्डरी स्कुले राष्ट्रिय भलिबल दिवसको अवसरमा मंगलबार जनप्रेमी ग्रासरुट भलिबल एकेडेमीको सुरुवात गरेको छ । राष्ट्रिय खेल भलिबललाई विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको एकेडेमीका पूर्व मन्त्री एंवम् प्रतिनिधि सभा सदस्य महेश बस्नेतले उद्घाटन गरेका थिए ।
साथै स्कुलले एकेडेमी सञ्चालनसँगै खेलाडीका लागि छात्रवृत्ति समेत दिइने घोषणा गरिएको हो । अहिले स्कुलकै झन्डै ६० जना छात्र छात्रालाई दिनको एक समय प्रशिक्षणको व्यवस्था मिलाइएको र भविष्यमा इच्छुक जो कोहिलाई पनि एकेडेमी प्रशिक्षण दिइने स्कुलका प्रिन्सिपल निलेश आचार्यले जानकारी दिए । सोही अवसरमा भलिबल खेलाडी र प्रशिक्षकलाई सम्मान पनि गरिएको थियो ।
पूर्व मन्त्री बस्नेत, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द, स्कुलका प्रिन्सिपल आचार्यले उनीहरुलाई सम्मान गरेका थिए । स्कुलले अशोका देवकोटालाई वर्षका उत्कृष्ट भलिबल खेलाडीबाट सम्मानित गरेको थियो ।
भलिबलका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त एपिएफकी सरस्वती चौधरी र राष्ट्रिय खेलाडी नेपाल पुलिसकी कामना विष्टलाई सम्मान गरेको थियो । त्यस्तै पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवं पुलिसका भलिबल प्रशिक्षक सरोज श्रेष्ठ, जनप्रेमीका भलिबल प्रशिक्षक एवं पुलिसका प्रशिक्षक रुपेश बिष्टलाई पनि सम्मान गरियो ।
खेलाडीका छात्रवृत्तिको घोषणा
भलिबल खेलमा विधार्थीलाई प्रेरित गर्ने उद्देश्यका साथ जनप्रेमीले २४ जनालाई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । स्कुलका प्रिन्सिपल आचार्यले कक्षा ६ देखि ८ सम्म पढ्ने ६ छात्र र ६ छात्रा गरी १२ जनालाई अध्ययनमा पूर्ण रुपमा छात्रवृत्ति प्रदान गर्ने बताए । त्यस्तैजनप्रेमी कलेजका तर्फबाट समेत कक्षा ११ र १२ अध्ययन गर्ने ६ छात्र र ६ छात्रा गरी १२ जनालाई अध्यक्षमा पूर्ण रुपमा छात्रबृति दिने घोषणा गरे ।
कार्यक्रममा पूर्व मन्त्री बस्नेतले सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा ५ सय रोपनी जग्गामा अन्तर्राष्ट्रियस्तरको रंगशाला र दधिकोटको चित्रपुरमा विशाल कभर्ड हल निर्माण गर्ने तयारी भएको जानकारी दिए । ‘भक्तपुरमा रंगशाला र कभर्ड हल बनाउने कार्यको अन्तिम चरणमा पुगेका छौं, उनले भने, दुईदिनभित्र मन्त्रीसँग छलफल गरेर यसको प्रारम्भिक काम गर्नेछौं , अब एउटा सहरमा एउटा खेल मैदान आवश्यक छ ।’
भलिबल संघका अध्यक्ष शर्माले भलिबल विकासका लागि एकेडेमी स्थापना महत्वपूर्ण प्रयास भएको उल्लेख गर्दै स्कुल परिवारलाई धन्यवाद दिए । संघका महासचिव चन्द भलिबल राष्ट्रिय खेल घोषणा भएपनि सरकारबाट आर्थिक सहयोग पाउन नसक्दा सोचे अनुरुपको विकास गर्न नसकेको बताए ।
भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले प्रतियोगिता आयोजना संख्याका हिसाबले नेपाल सबैभन्दा माथि रहेको दाबी गर्दै यसको विकासमा सबैको सहयोग आवश्यक रहेको बताए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]