7 years ago
May 19, 2018
काठमाडौं (हाम्रो खेलदकुद)- थ्री स्टार एकेडेमी र शिवम् न्यु डायमण्ड एकेडेमी प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गुेका छन् । नैकापस्थित न्यु डायमण्ड एकेडेमीको मैदानमा शनिबार भएको खेलमा थ्री स्टारले सेन्ट डेविजमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो सेट २१–२५ ले गुमाएपनि त्यसपछिको दुवै सेट थ्री स्टारले २५–२१ र २५–११ ले जित्न सफल भयो ।क्वाटरफाईनलको अर्काे खेलमा शिवम् न्यु डायमण्डले कन्या मन्दिरलाई २५–११ र २५–४ को सोझो सेटमा हराउदै सेमिफाइनलमा थ्री स्टारसँगको भेट पक्का ग¥यो ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा न्यु डायमण्ड एकेडेमीमा संचालन भएको प्रतियोगिताको अन्य खेलमा बिजेश्वरी ज्ञानमन्दिरले ज्ञानसुदा एकेडेमीलाई २५–१० र २५–१२ को सोझो सेटमा तथा पारामाउण्टले स्प्रिङडेलमाथि २५–८ र २५–१६ को सोझो सेटमा जित निकाल्यो ।
प्रतियोगिताको चन्द्रागिरी नगरपालिकाकी उपमेयर लिसा नकर्मीले उद्घाटन गरिन् । जेठ ८ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले ४५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश २५ हजार, १५ हजारनगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
चौथो हुनेले १० हजार रुपैया प्राप्त गर्नेछन् । सर्वाेत्कृष्ट खेलाडी र व्यक्तिगत विधातर्फ बेष्टस्पाइकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट डिफेन्डर र बेष्ट सेटरलाई नगदसहित आर्कषक ट्रफी प्रधान गरिने छ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]