7 years ago
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबल भएको एक वर्ष पुगेको अवसरमा भलिबल दिवस मनाउन नैकापस्थित न्यु डायमण्ड एकेडेमीमा प्रथम चन्द्रागिरी उप मेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता जेठ ५ देखि ८ गतेसम्म हुन लागेको प्रतियोगिताको प्राविधिक संयोजक कुमार राईले जानकारी गराए । भलिबललाई गत वर्ष जेठ ८ गते नेपालको राष्ट्रिय खेल घोषणा गरिएको थियो ।
‘पछिल्लो समय विद्यालय स्तरका भलिबल प्रतियोगिता भैरहेको छैन । यो प्रतियोगिताको मुख्य उद्देश्य विद्यालय तहमा लुकेर रहेको प्रतिभाको खोजी गर्ने हो ’ संयोजक राईले भने, ‘नेपालका रमिला तण्डुकार, प्रतिभा माली विद्यालय स्तरबाटै आएका खेलाडीहरु हुन् । विद्यालय स्तरमा खेलाडी चिन्न सके सिनियर टिमलाई पनि सहज हुने ठानेका छौं । यो प्रतियोगिता नयाँ खेलाडी उत्पादनको लागि एउटा पुल हुने हामीले विश्वास लिएका छौं ।
प्रतियोगितामा १० वटा विद्यालयले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । लिग र क्वार्टर फाइनलका खेलहरु वेष्ट अफ थ्री को तथा सेमिफाइनल र फाइनल वेष्ट अफ फाइभको आधारमा हुने संयोजक राईले जानकारी गराए ।
समापन भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिन जेठ ८ गते हुनेछ । सबै खेल न्यु डायमण्ड एकेडेमीको खेल मैदानमा हुनेछ । प्रतियोगिताको अन्य संस्करण निरन्तर हुने पनि उनले थपे । प्रतियोगिताको विजेताले ४५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश २५ हजार, १५ हजारनगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले १०हजार रुपैया प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी र व्यक्तिगत विधातर्फ ९स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर० लाई नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । यस प्रतियोगिताको अनुमानित लागत २ लाख ५० हजार रहेको छ ।
प्रतियोगिताको अवसरमा नै ‘भलिबल दिवस सेलिब्रेसन’ गर्ने क्रममा विभागीय टोली सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र शिवम् न्यु डायमण्ड एकेडेमीबीच सेलिब्रेसन खेल हुने समेत जानकारी गरादछौं । जसको विजेताले १० हजार रुपैया र उवविजेताले ७ हजार रुपैया प्राप्त गर्नेछन् ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]