7 years ago
May 16, 2018
लिवाङ (हाम्रो खेलकुद) – प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ एपिएफ र पुरुषतर्फ अर्को विभागिय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेका छन् ।
रोल्पाको सदरमुकाम लिवाङमा बुधबार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित निकाल्दै च्याम्पियन बनेको हो । महिलातर्फको फाइनलमा एपिएफले पुलिसलाई ३–० सोझो सेटमा पराजित गरेको छ ।
पुरुष फाइनलमा पहिलो सेट पुलिसले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट आर्मीले २५–१७ ले सहजै आफ्नो पक्षमा पारेपछि खेल १–१ को बराबरमिा पुगेको थियो । रोमाञ्चक र प्रतिस्पर्धात्मक तेस्रो सेट पुलिसले ३०–२८ ले जितेपछि फेरि पुलिस अघि बढेको थियो । चौथो सेटमा भने आर्मी निकै निरिह देखिदा पुलिसले २५–१५ को सहज जित निकाल्यो ।
महिलातर्फ एपिएफले बैशाखमा चौथो साता भएको केएनपी जापान महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिसलाई नै पराजित गरेर च्याम्पियन बनेको थियो । एकपक्षीय खेलमा एपिएफले पहिलो सेट २५–९ र दोस्रो सेट २५–८ ले जितेको थियो । तेस्रो सेट केही प्रतिस्पर्धात्मक भएपनि एपीएफले २५–२० ले जित्न सफल भयो ।
पुरुषतर्फ पुलिसका कुल बहादुर थापा र महिलातर्फ एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भईन् । उपाधिसँगै महिला र पुरुष दुवैतर्फको विजेताले समान ३ लाख ५० हजारसहित ट्रफी, मेडर र प्रमाणपत्र प्राप्त गरे । यस्तै दोस्रो भएको दुवै टोलीले समान २ लाख प्राप्त गरे ।
बैशाख २९ गतेबाट शुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीसहित १० टोलीले लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]