7 years ago
May 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चले वार्षिक रुपमा आयोजना गर्ने नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७४’ ले सगरमाथा सिमेन्टको साथ पाएको छ ।
मञ्चले पल्सर स्पोर्ट्स अवार्डको लागि घोराही सिमेन्ट इन्डस्ट्री प्रालिसँग एक वर्षको लागि सह–प्रयोजन गरेको हो । सम्झौता पत्रमा मञ्चका तर्फबाट अध्यक्ष महेश आचार्य र घोराही सिमेन्टका बजार प्रवन्धक प्रतिक अधिकारीले हस्ताक्षर गरे ।
सम्झौतासँगै सगरमाथा सिमेन्टले अवार्डका लागि करवाहेक २ लाख उपलब्ध गराउनेछ । सम्झौतापछि सगरमाथा सिमेन्टका बजार प्रवन्धक प्रतिक अधिकारीले नेपाली खेलकुदको बहुप्रतिक्षित पल्सर स्पोर्टस् अवार्डसँग सगरमाथा सिमेन्ट जोडिन पाउनु खुशीको कुरा रहेको बताए ।
‘मञ्चले सरकारले गनुपर्ने काम गरिरहेको छ । हामी सानो रकममा यसवर्षदेखि खवार्डसँग जोडिएका छौं ।’ बजार प्रवन्धक अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘यो शुरुवात हो । आउदो वर्षमा पनि सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्र गर्न चहान्छु ।’ मञ्चका अध्यक्ष महेश आचार्यले सानो रकमबाट शरु भएको सह–प्रायोजन आउदो वर्षका बढ्दै जानेमा विश्वस्त रहेको बताए ।
मञ्चको खेलाडी छनोट समितिले सोमबार अन्य चार विधामा मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्ने बताएको छ ।
यो वर्षपनि विभिन्न ८ विधामा नेपाली खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई अवार्डबाट सम्मान गरिनेछ । जसमध्ये पिपल्स च्वाइस अवार्ड २०७४ को लागि ५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । यस पटकको पल्सर स्पोर्टस अवार्ड ३ जेठमा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुदैछ ।
विगतका बर्षहरूमा जस्तै यसबर्षको पल्सर स्पोर्ट्स अवार्डमा बर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा खेलाडी, प्रशिक्षकसहित समग्र रुपमा नेपाली खेलकुद सम्मानित हुनेछ ।
वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्राप्त गर्नेछ ।अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरूलाई पाउनेछ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]