default_image

7 years ago

May 12, 2018

आउटरिच नेपाललाई आन फुटसलको उपाधि

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –आउट रिच नेपालले नेपाल आईस आन फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फिल्ड फुटसल सानेपामा भएको फाइनलमा आउटरिचले मिडिया बास्केटलाई ७–२ को भारी अन्तरले पराजित गर्दै पहिलो संस्करणको आन फुटसल प्रतियोगिताको उपाधि जितेको हो ।

उपाधिसँगै आउटरिचले ७५ हजारसहित शिल्ड र मेडल प्राप्त ग¥यो । उपविजेतामा सीमित भएको मिडिया बास्केटले ५० हजारमा चित्त बुझायो । तेस्रो स्थान हात पारेको वेलकमले ३० हजार रुपैया पायो ।

विजयी टिम तथा खेलाडीहरुलाई आनका पुर्व अध्यक्ष माधवराज तिमिल्सिना, आनका अध्यक्ष रविन्द्र कुमार रिजाल ‘शशि’, चौधरी गु्रपका महाप्रबन्धक प्रदिप पुडासैनी, लालबाबु प्रसाद तथा नेपाल मेडिसिटिका महाप्रबन्धक बिजय रिमालले पुरस्कृत गरे ।

नेपाल विज्ञापन संघको आयोजनामा गत बैशाख २५ गतेबाट शुरु भएको प्रतियोगितामा सञ्चार गृह, विज्ञापन एजेन्सी र व्यापारिक प्रतिष्ठानका विभिन्न ३२ टोलीले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.