7 years ago
May 12, 2018
अर्जुन कार्की
बागलुङ – गत बर्ष बागलुङ खेलकुदमा चलायमान रह्यो । साना ठूला प्रतियोगिता आयोजना बर्षभर भए । मुख्यत भलिबल, फुटबल र क्रिकेटका ठूला प्रतियोगिताले जिल्लामा खेलप्रतिको आकर्षण पनि बढ्यो ।
बागलुङ उद्योग वाणिज्य संघले खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता, बागलुङ नगरपालिकाले माघमा प्रदेश नम्बर ४ स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता तथा बागलुङ क्रिकेट क्लवको आयोजना र फ्युचर ब्राईटर स्पोर्टस् क्लब र चैत्राष्टमी मेला मुल आयोजक २०७४ को सहआयोजनामा पाँचौ धौलागिरी कप तथा चैत्राष्टमी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गरे । जसमा राष्ट्रिय स्तरका खेलाडीको सहभागिताले प्रतियोगिताको रौचक थप बढायो ।
तर, जुन जोस र उत्साहका साथ प्रतियोगिताको घोषणा, सञ्चालन गरिन्छ त्यसपछि हिसाब सार्वजनिक गर्ने मामलामा भने आयोजकहरु उदासिन देखिन्छन् । आयोजक समितिका कपिय सदस्य नै आयव्ययमा अनभिज्ञ रहने गरेका छन् । मेयर कप फुटबल प्रतियोगितामा १६ लाख ५७ हजार ३ सय रुपैयाँ खर्च भएको बताइएपनि राष्ट्रिय भलिबल प्रतियोगिता र धौलागिरी कप क्रिकेट प्रतियोगिताको हिसाब अहिले सम्म बाहिर ल्याएको छैन ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले हिसाब सार्वजनिक हिसाब किताब सार्वजनिक नहुँदा स्थानियस्तरबाट सहयोग जुट्न गाह्रो हुने बताउँछन् । उनी भन्छन्, ‘आयव्यय सार्वजनिक गर्ने चलन छैन । पटक–पटक प्रतियोगिता संचालन गर्दा सहयोग संकलन गर्न आयोजकलाई गाह्रो हुने गरेको छ ।’
मेयरकप फुटबलको आयव्यय त्रैमासिक आर्थिक प्रतिवेदनमै कार्यालयबाट सार्वजनिक गरिएको नगरप्रमुख जनकराज पौडेल बताउँछन् । त्रैमसिक सूचना प्रकाशित गरि सार्वजनिक गर्ने गरेको बताउँदै पौडेल पत्रकार सम्मेलनमार्फत नै सार्वजनिक गर्नुपर्ने नलागेको बताउँछन् । मेयर कप सञ्चालनको जिम्मेवारी पाएको जिल्ला खेलकुदका अध्यक्ष परियारले खर्चको हिसाब नगपालिकालाई बुझाएर भुक्तानी समते लिइसकेको जानकारी दिए ।
धौलागिरी कप तथा चैत्राष्टमी टि ट्वान्टी क्रिकेट प्रतियोगिताको हिसाब गर्न अझै बाँकी रहेकोले आयव्यय सार्वजनिक गर्न नसकेको प्रतियोगिता संयोजक दिपेन्द्र खड्का बताउँछन् । ‘आर्थिक समितिले हिसाब दिएको छैन । त्यसका सदस्यहरु जिल्ला बाहिर भएकाले बैंठक बस्न सकेको छैन, ‘खड्काले भने, ‘अरु हिसाब पनि अलि अलि बाँकी छ । त्यसले आम्दानी खर्च सार्वजनिक गर्न सकिएको छैन । तर, हामी छिट्टै सार्वजनिक गछौं ।’
पुसमा बागलुङ महोत्सवमा संचालित पुरुष तथा महिला भलिबलको पनि हिसाब सार्वजनिक गरिएको छैन । जिल्लामा हुने अन्य स्कुल स्तरिय र स्थानिय प्रतियोगिता हिसाब सावर्जनिक गर्ने चलन छैन । स्थानिय निकाय र जनताको सहयोगमा हुने प्रतियोगिताका हिसाब सार्वजनिक नगर्दा आयोजकप्रति विश्वास घट्दै जाने खतरा रहन्छ । जसले विस्तारै गति लिन थालेको जिल्लाको खेलकुद गतिविधिमा असर पर्ने देखिन्छ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]