default_image

7 years ago

May 10, 2018

रोल्पामा सर्वाधिक पुरस्कार राशिको सभामुख कप भलिबल हुने

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा रोल्पामा सर्वाधिक पुरस्कार राशीको सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

आयोजक राखेपले बिहिबार पत्रकार सम्मलेनको आयोजना गर्दै सर्वाधिक पुरस्कार राशिको सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता रोल्पाको सदरमुकाम लिवाङमा बैशाख २९ गतेबाट जेठ २ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने राखेपका सदस्यसचिव केशव कुमार विष्टले जानकारी गराए । लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फका विजेता ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले २–२ लाख तथा तेस्रो हुनेले १–१ लाख पुरस्कार पाउने राखेपले जनाएको छ ।

प्रतियोगिताका लागि प्रदेशस्तरीय टिम छनोट गरिएको राखेप सदस्यसचिव केशवकुमार विष्टल बताए । उनका अनुसार क्षेत्रीय खेलकुद बिकास समिति भएका प्रदेशहरुमा त्यही समिति मातहत र नभएका प्रदेश ३ र ६ मा राखेप बोर्ड सदस्यको नेतृत्वमा गठित उच्चस्तरीय समितिको रहोबरमा टिम छनोट गरिएको छ ।

५५ लाख बजेट रहेको प्रतियोगिता सभामुख कृष्णबहादुर महराको राजनैतिक उद्गमस्थल पनि भएकाले रोल्पामै प्रतियेगिता गर्न लागिएको सदस्यसचिव विष्टले बताए । प्रतियोगिताको सभामुख महराले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.