9 years ago
January 28, 2016
काठमाडौं, माघ १४ ।
सार्वजनिक संस्थान खेलकुद संघ नेपालको आयोजनामा ‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा दौड र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
दौडलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने छ । पुरुष÷महिलातर्फ क्रमशः १० र ५ किलोमिटर दूरीमा खुला र कर्मचारीतर्फ प्रतिस्पर्धा हुनेछ । खुलामा राष्ट्रियस्तरका खेलाडी समेतले भाग लिन पाउने छन् ।
कर्मचारीतर्फ सार्वजनिक संस्थान, स्थानिय निकाय, दूरसंचार प्रदायक कम्पनी, एयरलाइन्स तथा ‘क’ वर्गका बैंकमा कार्यरत कर्मचारीहरु समावेश हुन पाउने प्रावधान छ । दौडमा १ सय ३१ तथा बुद्धिचालमा १२ प्रतिस्पर्धी सहभागी हुने संघका महासचिव रामविनय श्रेष्ठले जानकारी गराए ।
दौडतर्फ कुल पुरस्कार राशी १ लाख ६० हजार रुपैयाँ रहेको छ । खुलातर्फ पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । कर्मचारीतर्फ शीर्ष तीन स्थान हात पार्ने पुरुष÷महिलाले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पार्ने छन् ।
बुद्धिचालमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जित्ने छन् । बुद्धिचाल माघ १५ र १६ गते बबरमहलमा हुने छ । माघ १६ मा हुने दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालबाट सुरु भइ पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।
दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने गरिएको आयोजकले जनाएको छ । सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]